Jilla Ban Notis

जिसन स्पोटर्स मिट २०७६ शुरु,सुनवल रंगशालामा ८ ईभेन्टका खेलहरु संचालन हुदै ।

0 14

कृष्ण ढकाल
सुनवल,फागुन–१
जिसन नवलपरासीले आफ्नो वार्षीक कार्ययोजना अनुसार आजदेखि सुनवलमा स्पोटर्स मिट २०७६ शुरु गरेको छ । आफ्नो संगठनमा आवद्ध रहेका ४८ विद्यालयका विद्यार्थीहरुका विचमा प्रतिष्पद्र्या गराउनेगरी शुरु भएको उक्त स्पोटर्स मिट २०७६को एक कार्यक्रमका विच प्रदेश नं. ५ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले समुद्घाटन गर्नु भएको छ । कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री चौधरीले खेलकुद्का माध्यामवाट आफ्नो र राष्ट्रको नाम उच्च स्थानमा राख्नेका लागि पनि विद्यार्थी जिवनवाट नै खेल शुरु गर्न जरुरी रहेको बताउनु भएको थियो । उहांले कुनै पनि विषयमा कटिवद्ध भएर लागेमा सफलता प्रात्गर्न सकिनेमा जोड दिनु भएको थियो । जिसन अध्यक्ष धनराज चापागाईको अध्यक्षता र प्रदेश नं. ५ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा प्याप्सनका केन्द्रीय सचिवालय सदस्य यम बहादुर थापा, प्याप्सन प्रदेश  नं ५का अध्यक्ष राम प्रसाद पाण्डे,प्याप्सन जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्ग, नवलपरासी उद्योग वाणीज्य संघका अध्यक्ष केशव भण्डारी,सुनवल उद्योग वाणीज्य संघका अध्यक्ष रमेश कर्माचार्य लगाएतको उपस्थिती रहेको थियो ।
२८ विद्यालयका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएको स्पोटर्स मिटमा  ८ ईभेन्टका खेलहरु संचालन हुने भएपनि पहिलो दिन भने ४ ईभेन्टका मात्र खेलहरु संचालन भएका थिए । टोटल ५ सय ४ खेलाडीहरुले भाग लिएको उक्त स्पोटर्स मिटमा पहिलो दिन सट्फुटको ईभेन्टको मात्र खेल सकिएको छ । जस्मा  छात्रा तर्फ पवित्रा गुरुङ्ग र छात्र तर्फ रोहित  क्षेत्री प्रर्थम भएका छन भने छात्रा तर्फ सुस्मिता गुङ्ग  र छात्र तर्फ रितेश रसाईली द्धितीय भएका छन । त्यसैगरी छात्रा तर्फ रिया तामाङ्ग र छात्र तर्फ हृदेश यादव तृतिय भएको जिसनका अतिरिक्त क्रिया कलाप संयोजब विष्णु चौधरीले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.