Bardaghat Na pa

जय माता दी एम्युजमेन्ट प्रा.ली.विरुद्ध बर्दघाट नगरपालिकामा निवेदन दर्ता

616

बर्दघाट,मङ्सीर–९
गतबर्ष बर्दघाटमा लगाएको औधोगिक ब्यापार मेला संचालनका क्रममा आफुहरुले गरेको खर्च अहिले सम्म नपाएको भन्दै बर्दघाटका ब्यापारीहरुले नगरपालिकामा निवेदन दिएका छन् ।

मेला संचालनको जिम्मा पाएको जय माता दी एम्युजमेन्ट प्रा.ली.ले बैक खातामा पैसा नै नभएको चेक दिएर अहिले एक बर्ष सम्म पनि नसार्टिको भन्दै आफुले पउनु पर्ने रकम असुली हुने वातावरण मिलाईदिन आग्रहगर्दै नगरपालिकामा निदेवदन दिएको सृजना होटल एण्ड लजका संचालक लक्ष्मण के.सी.ले बताउनु भएको छ ।

बर्दघाट उद्योग वाणीज्य संघले मेलाको जिम्मा दिएको जय माता दी एम्युजमेन्ट प्रा.ली.ले पहिले मेला लगाउदाको ४ लाख ११ हजार खर्च नदिईकन अहिले फेरी मेला लगाउने तयारी गरेकोले सो कार्य तत्काल रोकेर आफुहरुको पुरानो खर्च भएको रकम दिएर मात्र मेला संचालन गर्ने वातावरण मिलाउन भन्दै आज बर्दघाट नगरपालिकामा निवेदन दिएको झरना डिजिटल फोटो भिजनका संचालक टेक बहादुर बुढाथोकीले बताउनु भएको छ ।

आफुहरुले मेलाका लागि गरेको खर्चरकम असुली गराउने काममा मेला आयोजक संस्था पनि जिम्मेवार हुनु पर्नेमा जिम्मेवार नभैकन फेरी मेला आयोजना गर्न लागेको प्रति आक्रोश ब्यक्तगर्दे तत्काल रकमअसुलीका लागि कानुनि प्रक्रियामा जानु परेको बुढाथोकीको भनाई रहेको छ । उहांका अनुसार अहिले आफुहरुसंग ६ जनामात्र सम्पर्कमा रहेको तर मेला संचालकले दिनु पर्ने अन्य ब्यापारीहरु पनि हुन सक्ने बताउनु भएको छ ।