Palhinandan Notish sadabahar

जन्मदिनमा पत्रकारले गरे पुस्तकालयमा पुस्तक प्रदान ।

0 18
लक्ष्मी घिमिरे
बर्दघाट २८ माघ
पत्रकार रवि पाण्डेयले आफ्नो जन्मदिनको अवसरमा दुईवटा सामुदायिक पुस्तकालयलाई पुस्तक प्रदान गरेका छन् । न्यु  भिजन मिडिया प्रालिका प्रबन्ध निर्देशक समेत रहेका पाण्डेले पठनशिपको विकासका लागि भन्दै जन्मदिनको अवसरमा पुस्तकालयलाई पुस्तक प्रदान गरेको बताए । उनी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष समेत रहेका छन् । पाण्डेले माक्र्सवादी दर्शन , प्रगतिशिल साहित्य , सौन्र्दयशास्त्र तथा बिबिध बिषयका पुस्तक बर्दघाट नगरपालिकामा रहेका दुईवटा सामुदायिक पुस्तकालयलाई प्रदान गरेका हुन ।
क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश पाँचका संयोजक पाण्डेले बर्दघाटस्थित माकर सामुदायिक पुस्तकालय र जहदा सामुदायिक पुस्तकालयलाई पुस्तक प्रदान गरेका थिए । जन्मदिनमा पुस्तक प्रदान गर्नु राम्रो बिषय रहेको माकर सामुदायिक पुस्तकालयका अध्यक्ष बुद्धिनाथ अर्यालले बताए । पाण्डेले पुस्तकालयकी कार्यालय सचिव तुल्सा पौडेललाई ३५ थान पुस्तक प्रदान गरेका थिए । जसमा अधिकाँश माक्र्सवादी पुस्तकहरु रहेका छन् ।
त्यस्तै जहदा सामुदायिक पुस्तकालयमा एक कार्यक्रमबीच पुस्तक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पाण्डेले जन्मदिनलाई सामाजिक सेवासंग जोड्न आफूले बर्षेनी यस्तै कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा पुस्तकालयका अध्यक्ष सुरज क्षेत्रीले जन्मदिनलाई सादगी तरिकाले मनाउनुपर्ने काममा यो कार्यक्रमले सहयोग पुग्ने बताए ।
कार्यक्रममा समाजसेवी मुरलीकृष्ण खनाल, डिबी थापा, होमनाथ तिमिल्सिना , प्रदीपकुमार चौधरी, मुनाा चौधरीलगायतले जन्मदिनमा नविनतम कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दै जन्मदिनको शुभकामना दिएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष सुरज क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

Leave A Reply

Your email address will not be published.