Sarawal sit lahar Notis

जनमत र जन विश्वास प्राप्त पार्टी नेकपा एमाले हो ः नेता विश्वकर्मा

0 50

रुपन्देही,पौष ११
सर्वाधिक शक्तिशाली , जनमत र जन विश्वास प्राप्त पार्टी नेकपा एमाले रहेको पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले एमालेको विस्तार र मजवुतिबाट मात्रै राष्ट्र सम्वृद्धीको ढोका खुल्ने बताउदै गठबन्धनको सरकार स्वार्थै ( स्वार्थमा लिप्त रहेको दावी गर्नु भयो ।

सुर्य चिन्ह लिएर विजयी भएकाहरु नै केपि ओली नेतृत्व को सरकार गिराउने काममा लागेको भन्दै विश्वकर्माले भन्नू भयो ,सरकारबाट बाहिरिए पनि देशकै सवै भन्दा ठूलो र शक्तिशाली पार्टी एमाले नै हो ।

नेकपा एमाले ओमसतिया गाउँ कमिटीको विस्तारित वैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश ईन्चार्ज विश्वकर्माले जनमत हुदाहुदै पनि अदालतको फैसलाका कारण बाहिरिएको एमाले सदैव जनताको बीचमा रहेको उल्लेख गर्नु भयो । उहाले अबका दिनमा कार्यकर्ताहरुले निर्वाचन लक्ष्यित काम गर्नु पर्नेमा समेत जोडदिनु भएको थियो।

जनताको आवश्यकता र चाहाना अनुसार एमालेले गरेका विकास र निर्माणका कामहरुका बारेमा जनताको वीचमा प्रचार गर्न कार्यकर्ताहरुले ध्यान दिनु पर्ने बताउदै विश्वकर्माले विगत लामो समय नभएका कामहरु एमालेको पालामा द्रुत गतिमा अघि बढेको औंल्याउनु भयो ।

रुपन्देही निर्वाचन क्षेत्र नम्वर १ का संघिय सांसद समेत रहनु भएका विश्वकर्माले क्षेत्रको विकासमा भएका कामहरुले एमाले प्रतिको विश्वासमा वृद्धि भएको ठोकुवा गर्नु भयो ।

उहाले काम र परिणामले मात्र पार्टी विस्तारलाई योगदान पुग्ने भएकाले एमालेका कार्यकर्ताहरु परिणाम मुखी काममा लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसै गरि सोही वैठकमा बोल्दै पार्टीका पोलिटव्युरो सदस्य दधिराम न्यौपानेले जहाँ पार्टी बलियो हुन्छ, त्यहा विकास र परिवर्तन हुने भएकाले एमालेका कार्यकर्ताहरु पार्टीलाई मजबुत बनाउन लाग्नु पर्ने बताउनु भयो ।

जनतालाई सचेत र जागरुक बनाएर संगठन निर्माणमा ध्यान दिनु पर्ने बताउदै न्यौपानेले सवै कार्यकर्ताको सामुहिक प्रयासबाट एकतावद्ध पार्टी निर्माण गर्न सकिने धारणा राख्नु भएको थियो ।

पार्टीका लुम्बिनी प्रदेश सहईन्चार्ज न्यौपाने भन्नू भयो, पार्टी कामको जिम्मा लिनु भनेकै भारी बोक्नु हो । त्यसैले समाज रुपान्तरण र विकासका लागि सवैले क्षमता अनुसारको भारी बोकौ ।

न्यौपानेले सवैको पहलकदमीबाट मात्रै पार्टीको विस्तार संभव भएकोले पार्टी संगठनलाई समावेशी र सामुहिक अभ्यासबाट अघि बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।
पार्टी गाउँ कमिटी अध्यक्ष ईन्द्र प्रसाद गुरुङको अध्यक्षता, उपाध्यक्ष मातृका यादवको स्वागत र सचिव श्याम वस्यालको संचालनमा भएको वैठकमा पार्टीका क्षेत्रीय कमिटी संयोजक यज्ञ गैरे,जिल्ला कमिटी सदस्य ईन्द्रजित यादव, विजय लक्ष्मी राय लगायतले बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.