Jilla Ban Notis

जनमत पार्टी प्रतापपुर वडा नं ८ को वडा भेला सम्पन्न् ।

0 22

कृष्ण ढकाल
बर्दघाट,पौष–२५
जनमत पार्टी प्रतापपुर वडा नं ८ को वडा भेला सम्पन्न् भएको छ । जनमत पार्टी प्रतापपुर वडा नं ८ का पाटी अध्यक्ष धिरज कोईरीको अध्यक्षता ,पार्टीका केन्द्रीय सदस्य अब्दुल खानको प्रमुख आतिथ्यता र बालगोविन्द चौधरीको संचालनमा सो भेला सम्पन्न् भएको हो ।

भेलामा जनमत पार्टी संगठन प्रमुख कन्हैया राजभर,पार्टीका सुस्ता गाउपालिका संयोजक सन्दीप राजभर र सह संयोजक शत्रुधन यादव लगाएतले आ आफ्ना भनाईहरु राखेका पार्टीका जिल्ला अधिवेशन समिति सदस्य एवं सुस्ता गाउपालिका सह संयोजक शत्रुधन यादव ले जानकारी दिनु भएको छ।

सो अवसरमा बोल्दै जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले मद्येशीका नागरीकहरुलाई जन्मसिद्धका आधारमा नेपाली नागरीकता प्राप्तीका लागि आफु र आफ्नो पार्टी लाग्ने बताउनु भएको थियो । त्यसैगरी पार्टीलाई बलियो बनाउन सदस्य विस्तार गर्न सबै लाग्न पनि आग्रह गर्नु भएको यादवले जानकारी दिएका छन् ।

जनमत पार्टी प्रतापपुर वडा नं ८ को वडा भेला प्रतापपुर–८ को बद्रिघाटमा सम्पन्न् भएको थियो । भेलामा नेपाली कान्ग्रेस परित्याग गरी जनमत पार्टी मा प्रवेश गर्ने अहिले सम्मकै बढी संख्या रहेको जिल्ला अधिवेशन समिति सदस्य एवं सुस्ता गाउपालिका सह संयोजक शत्रुधन यादव ले जानकारी दिनु भएको छ।

Leave A Reply

Your email address will not be published.