Jilla Ban Notis

जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा शहीद पार्क वनकट्टीमा वृक्षारोपण ।

0 16

परासी, १४ असार
नवलपरासीको सुनवल–५ वनकट्टी स्थित शहीद विष्णु पाण्डे स्मृत्ति प्रतिष्ठानको पार्कमा वृक्षारोपणसहितको कार्यक्रम गरी जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाईएको छ । मदन भण्डारी फाउण्डेसन पश्चिम नवलपरासीले उक्त कार्यक्रम गरेको थियो । मदन भण्डारी फाउण्डेशन प्रदेश ५ की सचिव गोमा आचार्यको प्रमुख आतिथ्य तथा फाउण्डेसनका जिल्ला अध्यक्ष थानप्रसाद गैरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागीहरुले भविष्यमा मदन वाटीका निर्माण गर्ने लक्ष्यका साथ फलफूल तथा विभिन्न जातका एक सय २५ विरुवा रोपेको अध्यक्ष गैरेले बताउनुभयो । जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि फलफूलका विरुवा रोपिएको उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रदेशसभा सदस्य भगवती भण्डारी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष भविश्वर तिवारी, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल, फाउण्डेशनका सचिव देवराज श्रेष्ठ लगायतले बोल्दै मदन भण्डारीका विचारलाई अनुसरण गर्दै अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.