Sarawal sit lahar Notis

जनकल्याण साकोसद्रारा रक्तदान सम्पन्न

0 70

बर्दघाट,असोज १२
जनकल्याण बचत तथा ऋण सहकारी सस्था बर्दघाट -९ भुताहाले मंगलबार सस्थाको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १ जना महिला र १७ जना पुरुष गरि १८ जनाले रक्तदान गरेको सस्थाका अध्यक्ष डिक बहादुर पाण्डेले जनाकारी दिनु भयो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि जिल्ला रक्तसञ्चार संयोजक सुरज केसिले जुनसुकै वेलापनि रगत संकलन नवलपरासीमा रहेका संघ सस्थाहरुले राम्रो सहयोग गर्नु भएको बताउनु भयो । उहाँले बिगतका बर्षहरुमा जस्तै गरि सस्थाले गर्ने विभिन्न समाजिक कार्य अन्तरगत यस बर्ष पनि रक्त संकलनलाई प्राथमिकता दिएकोमा आभार प्रकट गर्दै अन्य संघ सस्थाहरु पनि यसरी नै बार्षिक रुपमा रक्त संकलन कार्य गर्नु पर्नेमा जोड दिनु भयो ।

रक्तदान दान जीवन दान, यसैमा छ सबैको योगदान भन्ने मुल नारा सहित रक्तदान गरिएको रक्तदान कार्यक्रमका संयोजक बालिन्द्र बिक्रम शाहीले जानकारी दिनु भयो । रगत कै कारण कोहि कसैलेलाई पनि समस्या नपरोस् भनी पन्चनगर उपशाखाले स्थानीय संघ सस्थाहरु सङ्ग समन्वय गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस सोसाइटी पन्चनगर उपशाखाका सभापति तारा बहादुर पाण्डेले बताउनु भयो ।
कार्यक्रम नेपाल रेड्क्रस सोसाइटी पन्चनगर उप शाखाको प्राबिधिक सहयोग र समन्वयमा रक्तदान सम्पन्न भएको छ ।

Leave A Reply

Your email address will not be published.