Jilla Ban Notis

जनकल्याण वहुद्देश्य सहकारी संस्था र जनसेवा दुग्ध सहकारी विच एकिकरण

0 42

रमेश भुसाल

सुनवल,बैशाख ११

पश्चिम नवलपरासी सुनवल ६ विसासय स्थीत जनकल्याण वहुउद्देश्य सहकारी संस्था लि. र जनसेवा दुग्ध सहकारी संस्था विच एकिरण भएको छ । दुई सहकारी विच एकिकरण सम्पन्न भएपश्चात एक कार्यक्रमका विच जानकारी गराउने उद्देश्यले सल्लाहकार समिति सहित सम्पुर्ण पदाधिकारीको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि सल्लाहकार समिति संयोजक तथा सहकारी अभियान्ता रुकमागत वस्यालले एकिकरण आफैमा महत्वपुर्ण भएको वताउदै सहकारीलाई गुणात्मक र मात्रात्मक रुपमा आगाडि बढाउनु पर्ने बताउनुभयो ।

जनकल्याण सहकारी संस्थाका अध्यक्ष थान प्रसाद गैरेले संस्था वहुउद्देश्यात्मक रुपमा अगाडि वढ्दै गइरहेको बताउनुभयो । साथै सहकारी एकिकरणमा महत्वपुर्ण भुमिका निर्वाहा गर्नु हुने सुनवल नगरपालिका साथै सवैलाई धन्यावाद व्यक्त गर्नुभयो । सो कार्यक्रममा सल्लाहकारी समिति सदस्य रमेश पौडेल, साविक जनसेवा दुग्ध सहकारी संस्थाका अध्यक्ष राम प्रसाद पाण्डे, जनकल्याण वहुउद्देश्य सहकारीका उपाध्यक्ष पदम प्रसाद काफ्ले लागाएत वोल्दै एकिकरणको मर्म अनुरुप सहकारी अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जनकल्याण वहुउद्देश्य सहकारी सस्थाका कोषाध्यक्ष रमेश भुसालको स्वागत तथा सचिव ओमकान्त तिमिल्सीनाको संचाल रहेको थियो ।

Leave A Reply

Your email address will not be published.