Jilla Ban Notis

जनकल्याण बहुउद्देश्यिय सहकारी संस्था लि. २० औं बार्षिक साधारणसभा सम्पन्न ।

0 28

 

रमेश भुसाल

सुनवल,७ मंसिर

जनकल्याण बहुउद्देश्यिय सहकारी संस्था लि.सुनवल ६ नवलपरासीले २०औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रुक्मागत बस्यालको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले समृद्ध सुनवलको अभियानलाई सफल बनाउन सहकारी संस्थाको अहम भुमिका रहने बताउनुभयो । नगरप्रमुख थापाले “समृद्ध सुनवल हाम्रो अभियान” मा कृषि पर्यटन, प्राकृतिक स्रोत, उद्योग र व्यापार भित्रको मेरुदण्डका रुपमा सहकारी रहेको भन्दै एक व्यक्ति एक सहकारीको निति नेपाल सरकारको रहेको भन्दै त्यसको कडाइमा सुनवल नगरपालिका अगाडि वढेको बताउनुभयो । २० औं वार्षिक साधारण सभामा जिल्ला सहकारी संघ नवलपरासीका सचिव चण्डि प्रसाद पाण्डे, सदस्य नारायण थापा क्षेत्रि, खानेपानी महासंघका केन्द्रिय सदस्य थानप्रसाद गैरे, घरेलु महासंघका प्रदेश उपाध्यक्ष उमानाथ पोखरेल, सर्वाङ्गिण कृषि सहकारी संस्थाका अध्यक्ष खगराज उपाध्याय लगायतले शुभकामना मनतब्य राख्दै सहकारी एकिकरणमा जोड दिनुभएको थियो ।  कुल १ हजार ६ सय ५७ जना शेयर सदस्य आवद्ध रहेको बार्षिक साधारणसभामा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष रुक्मागत बस्यालले र आर्थिक प्रतिवेदन लेखा समितिका संयोजक चन्द्रकान्त पाठकले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रमेश पौडेलको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव अमरनाथ कवरले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.