Jilla Ban Notis

चिसापानी सामुदायिक वन उपभोक्ता समुहको १७ औं वार्षिक साधारण सभा सम्पन्न् ।

0 98

कृष्ण ढकाल
बर्दघाट,माघ–२५
बर्दघाट–२ चिसापानीमा रहेको चिसापानी सामुदायिक वन उपभोक्ता समुहको १७ औं वार्षिक साधारण सभा  शनिवार सम्पन्न् भएको छ । समुहका अध्यक्ष होम बहादुर गुरुङ्गको अध्यक्षता र जिल्ला डिभिजन वन अधिकृत अजित कुमार कर्णको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको हो । सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य गिता चौधरी,समुहका संस्थापक अध्यक्ष डव बहादुर गर्वुजा पुन मगर,सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सदस्य लक्ष्मी बर्तौला,नारायण पाण्डे,सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष कमल परियार,बर्दघाट नगर पालिका वडा नं २ का वडाध्यक्ष दया दर्लामी, वडा नं ३ का रुदै प्रसाद न्यौपाने, वडा नं. १३ का वडाध्यक्ष नरबहादुर चौधरी,समुहका सल्लाहकार चन्द्र बहादुर बुढामगर,यम बहादुर थापा,सुबोध जागृत बुढाथोकी,गणेश बहादुर क्षेत्री,जानुका पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

      सो अवसरमा बोल्ने बक्ताहरुले सामुदायिक वनको संरक्षण जनताहरुवाट नै भएको र त्यसको फाईदा पनि  जनताहरुले नै उपभोग गर्न पाउनु पर्ने धारणा राखेका थिए । उनीहरुले पछिल्लो समय जिल्ला वनले सामुदायिक वनहरुलाई गर्ने ब्यवहार फरक गर्न थालेका कारण अहिले राजमार्ग विस्तारका क्रममा समेत सामुदायिक वनसंग जिल्ला वनको सहकार्य चिसीएको त्रताएका थिए ।  तर कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डिभिजन वन अधिकृत अजित कुमार कर्णले भने आफु सधै सामुदायीक वन सगं सहकार्य गरेर अगाडी बढ्ने चाहनामा रहेको बताउनु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पुर्व पश्चिम राजमाग बिस्तारका क्रममा काटिएका रुखहरुको उपयोग सम्बन्धित सामुदायीक वनले गर्न पाउनुुपर्ने पक्षमा कुरा उठीरहदा आफु पनि सोही कुरामा सहमति हुदा हुदै पनि कानुनी जटिलताका कारण आफुहरुले सामुदायिक वन क्षेत्रमा पर्ने राजमार्गका रुखहरु वनले ल्ैजान वाध्य भएको बताउनु भयो हांले यस विषयमा वन मन्त्रालयले नै य यसको पहल गनुुपर्ने धारण राख्नु भएको थियो ।
कार्यक्रममा समुहकी कोषाध्यक्ष लिला देवि ऐरी रेग्मीको आर्थिक प्रतिवेदना , सचिव अनिल गुरुङ्गको प्रगती तथा भावि योजनाको बार्षिक प्रतिवेदन ,लेखा संयोजक देवेन्द्र पोख्रेल सुजितकोे लेखा समितीको प्रतिवेदन र अनुगमन समिती संयोजक लोकेन्द्र बहादुर चन्दले अनुगमन तथा मुल्याकंन समितीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समुहका उपाध्यक्ष ईन्द्र देवि चौधरीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन समुहका सचिव अनिल गुरुङ्गले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.