Jilla Ban Notis

चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाटको बार्षिक साधारणसभा सम्पन्न

0 19

बर्दघाट,माघ–२५
सामुदायिक वनहरु अब दिगो वन ब्यवस्थापन तर्फ केन्द्रीत हुन जरुरी रहेको नवलपरासीका डिभिजन वन अधिकृत शंकर प्रसाद गुप्ताले बताउनु भएको छ । चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाट २ चिसापानी को १८ औँ बार्षिक साधारणसभालाई सम्वोधन गर्दै गुप्ताले उक्त कुरा बताउनु भएको हो । गुप्ताले बैज्ञानिक वन ब्यवस्थापनको सन्दर्भमा बोल्दै सामुदायिक वनहरुको आन्दोलन जारी रही रहदा देशको विषम परिस्थितीका कारण आन्दोलन ओझेलमा परेको बताउनु भयो ।
समुहका अध्यक्ष होम बहादुर गुरुंगको अध्यक्षता र नवलपरासीका डिभिजन वन अधिकृत शंकर प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भु तथा जलाधार ब्यवस्थापन कार्यालय पाल्पा तानसेनका सरोज पोखरेल, राष्ट्रपति चुरे मधेश सरंक्षण विकास समिति कार्यक्रम कार्यान्वयन ईकाई बुटवलका नविन श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रिय सदस्य गिता चौधरी, जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष कमल परियार, दिब्यज्योती बहुमु्खी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष वृहस्पति अधिकारी लगाएतले आ–आफ्ना भनाईहरु राख्नुभएको थियो ।


कार्यक्रमा अध्यक्षको प्रगति प्रतिबेदन अध्यक्ष होम बहादुर गुरुंगले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष लिलादेवी एरि रेग्मीले आर्थिक बर्ष २०७६÷०७७ को कुल ६४ लाख ३६ हजार ५ सय ९२ रुपिया बराबरको आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्दै आगामी आर्थिक बर्षका लागी अनुमानित आय ब्यय समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सचिव अनिल गुरुंगले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिबेदन लेखा समयोजक देवेन्द्र पोखरेल सुजितले गर्नुभएको थियो । त्यस्तै समुहको अनुगमन मुल्यांकन समितिको प्रतिबेदन समयोजक लोकेन्द्र बहादुर चन्दले प्रस्तुत गर्नुभएको थियो ।
समुहका उपाध्यक्ष ईन्दु देवी चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन समुहका सचिव अनिल गुरुंगले गर्नुभएको थियो । कुल ४९५।७६ हेक्टर क्षेत्रफल रहेको यस वनले बर्दघाट नगरपालिकाका २, ३, १२,१३ वडा, सरावल गाउपालिकाका ५ र ६ नम्बर वडा र पाल्हीनन्दन गाउपालिकाको १ नम्बर गरि कुल ३३ सय ५० घरधुरीका उपभोक्तालाई सेवा दिदै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.