Jilla Ban Notis

चिसापानी अस्पतालबाट पनि कोभिड १९ विरुद्धको खोप लगाउन सुरु ।

0 22

बर्दघाट,फागुन–४
कोरोना भाईरस कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आज चिसापानी अस्पतालबाट पनि खोप लगाउन सुरु गरिएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले पहिलो खोप लगाएर सेवा शुरु गरीएको थियो । बस्यालले खोप लगाएसंगै सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले दोस्रो खोप लगाउनु भएको थियो ।

यस अघि नवलपरासीमा पृथ्वीचन्द्र अस्पताल परासीवाट मात्र कोभिड १९ विरुद्धको खोप लगाउन खोपकेन्द्र रहेकोमा चिसापनीमा खोप केन्द्र थप गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले बताउनु भएको छ ।


पायक पर्ने स्थानमा पुगेर खोप लगाउन सबैलाई सहज होस भन्ने हेतुले आज देखि चिसापनी अस्पतालमा खोप केन्द्र थप गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले बताउनु भयो।

जिल्लामा हालसम्म १ हजार १ सय ८९ जनालाई कोरोना विरुद्धको खोप लगाईएको पोखरेलले जानकारी दिनुभयो । दोस्रो चरणमा जिल्लाका सरकारी कार्यालयका कर्मचारी, स्थानिय तहका कर्मचारी, जनप्रतिनिधि, पत्रकार सहित ३ हजार ३४ जनालाई खोप लगाउने लक्ष्य राखिएको पोखरेलले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.