Jilla Ban Notis

 गिरीको सम्झनामा आज जिल्लाका विभिन्न स्थानमा १ मिनेट मौनधारण ।

0 29

कृष्ण ढकाल
बर्दघाट,साउन–२
नेपाली काङ्ग्रेस नवलपरासीका उप–साभापति सुवाशचन्द्र गिरीको सम्झनामा आज जिल्लाका विभिन्न स्थानमा १ मिनेट मौनधारण गरीएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले पार्टिका उप–साभापतिको आत्माको चिर शान्तिको लागि १ मिनेट मौनधारणको अपिल गरेका कारण आज जिल्लाका विभिन्न स्थानमा १ मिनेट मौधारण गरीएको थियो ।
स्वर्गीय ने। का ।जि ।उपसभापति सुभाष चन्द्र गिरिको आज साझ ६ बजे पशुपति आर्यघाट काठमाडौंमा नेपाली सेनाद्वारा सम्मान सहित अन्त्येष्ठी गर्दै गर्दा यता जिल्लाका विभिन्न स्थानमा १ मिनेट मौधारण गरीएको थियो भने उता नेपालि कांगे्रसका नेता देवेन्द्रराज कंडेल, बिश्वप्रकाश शर्मा लगाएतका ब्यक्तिहरु पशुपति आर्यघाट नै पुगेका थिए ।
यता त्यही समयमा रामग्राम नगरपालिका २ मा नेपाली काङ्ग्रेस क्षेत्र २ क। का सभापती अमृत सिंह जिशी लगाएतका नेताहरुले स्वर्गीए गिरीको सम्झनामा १ मिनेटको मौन धारण गर्दै चिर शान्तिको कामना गरेका थिए ।
त्यसैगरी यता बर्दघाटमा रहेको दिब्य ज्योती बहुमुखि क्याम्पस गेट अगाडी नेपाल विद्यार्थी संघ दिब्यज्योती बहुमुखि क्याम्पस ईकाई समिति ले १ मिनेट मौनधारण कार्यक्रम सम्पन्न् गरेको छ । सो अवसरमा बोल्दै नेपाल विद्यार्थी संघ दिब्यज्योती बहुमुखि क्याम्पस ईकाई समितिका सभापति कमल बस्यालले एउटा असरल नेता तथा युवा ब्यवसायिलाई जिल्लाले गुमाउन परेको प्रति दुःख ब्यक्त गरेका थिए । दिब्यज्योती बहुमुखि क्याम्पसका स्ववियू सचिव केदार चौधरीको संचालन रहेको उक्त शोक कार्यक्रममा तरुणदलका जिल्ल सदस्य दिपक रानामगर लगाएतको सहभागिता रहेको थियो ।  त्यसैगरी यता नेपाली काङ्ग्रेस सरावल गा.पा समन्वय समिति ,जिल्ला कार्यसमिति , नगर ,गाउँ ,वडा,भातृ र शुवेच्छुक संघसंस्था मार्फत १ मिनेट माैनधारण गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.