Jilla Ban Notis

नियमित रुपमा चोरी र आगजनी भएपछि बर्दघाट– १६ का वडावासीले आचारसंहिता बनाए ।

0 34

रामु भुषाल

बर्दघाट,कार्तिक–१५

नियमित रुपमा रातमा चोरी डकैती लुटपाट र आगजनी भएपछि  बर्दघाट– १६ का सरोकारवालाले आचारसंहिता बनाएका छन् । वडाध्यक्ष सुक बहादुर गुरुङको नेतृत्वमा सरोकारवालाबीचको भेला तथा अन्तरक्रियाले वडामा शान्ति सुरक्षा कायम गर्न आचारसंहिता बनाएको स्थानीय इन्द्र गुरुङले बताउनु भयो ।

वडाभित्र किसानहरुको टौवा जलाउनेदेखि साना तथा ठूला चोरी हुन थालेपछि टोल विकास संस्था, क्लब एंव संघसंस्थाका प्रतिनिधि र प्रहरीसमेत बसेर गाउमा भएका घटनाहरुको श्रृखला भईरहदा वडाले  ५ बुँदे नियम बनाएको छ । गाउँमा सवारीसाधनको इन्धन चोरी र अन्य घटना बढ्न थाले पछि घटना न्युनीकरणका लागि वडावासीले नियम बनाएका हुन् ।  स्थानीयले दशैलगतै गाउँमा घटना तथा अपराध बृद्धि भएको गुनासो गरेपछि ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुखसहितको भेलाबाट नियम बनाइएको वडाध्यक्ष सुकबहादुर गुरुङको भनाई छ ।

आचारसंहिता मा बेलुकी ९ बजेसम्म अत्यावश्यक एवं स्वास्थ्य संस्था बाहेक सबै व्यवसाय अनिवार्य बन्द गर्नुपर्ने, रातीको समयमा वडाका कुनै पनि ठाउमा दुई जना भन्दा बढी भेला हुन नपाईने,  हरेक टोलटोलमा टोल सुधार समिति र युवा क्लवका प्रतिनिधिले टोलमा हुन सक्ने सम्भाव्य घटना बारे गोप्य अनुगमन गर्नुपर्ने ,. कुनैपनि परम्परागत सामाजिक या सांस्कृतिक कार्यक्रम गर्नुपर्ने भएमा अनिवार्य रुपमा वडा कार्यालयको  पूर्वस्वीकृति लिनुपर्ने र  वडा कार्यालय भवन आसपास र  वडाभित्र शंंकास्पद जमघट गर्न नपाउने र यसको नियमित गस्ती इलाका प्रहरी कार्यालय सेमरीले गर्ने  र त्यस कार्यमा सबै स्थानीय वासिन्दाले सहयोग पु¥याउनुपर्ने लगायतका आचारसंहिता निर्माण गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.