Jilla Ban Notis

गाउँपालिका स्तरीय तेस्रो आधारभूत तह अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु ।

0 32

गौरी शंकर जयसवाल

परासी, ११ फागुन
गाउँपालिका  स्तरीय तेस्रो आधारभूत तह अन्तर विद्यालय खेलकुद प्रतियोगिता आजदेखि हरपुर माध्यमिक बिद्यायल पाल्हीनन्दन गाउँपालिका वडानं २ मा सुरु भएको छ । पश्चिम नवलपरासीको पाल्हीनदन गाउँपालिकाको सहयोग तथा  हरपुर माध्यमिक बिद्यायलको अयोजनामा गाउँपालिका  स्तरीय  तेस्रो आधारभूत तह अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको हो ।  फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज एक समारोहका बीच पाल्हीनन्दन गाउँपािलकाका अध्यक्ष बैजुप्रसाद  गुप्ताले उद्घाटन गरेका छन  । प्रतियोगिताको उद्र्घाटन गदै अध्यक्ष गुप्ताले  यस किसिमका खेल प्रतियोगिताले विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि बजेट बिनियोजन गरेर उच्च प्राथमिकता दिएको पनि अध्यक्ष गुप्ताले बताए  ।  उनले भने खेल हामीहरु राम्रो संग खेलीयो भने मानसिक र शाररिक रुपमा स्वास्थ्य बनाउनको लागि  खेल पनि  जिवनको महत्वपूर्ण अग भएको बताए । गाउँपालिका भित्रका रहेका सामुदायिक मदरसा र  संस्थागत गरी ३० विद्यालयका विद्यार्थीहरु सहभागि रहेको उक्त प्रतियोगितामा सात विद्याका खेलहरुमा छात्र÷छात्राबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराईने हरपुर माविका प्रधानाध्यापक राजाराम गुप्ताले  जानकारी दिए । जस्मा जिलेबी दौड कुर्सी दौड,बोरा दौड चम्चा दौड, तिन खुट्टा दौड, हाई जम्प, सटफुट (राउण्ड) रिले लगायतको खेलहरुको खेलाईन्छ , आयोजकले जानएको छ ।  हरपुर मावि बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण सहानी अध्यक्षतामा भएको कार्यक्रममा पाल्हीन्दन गाउँपालिका प्रशासकिय अधिकृत राजन श्रीवस्ताव,गाउँपालिका उपाध्यक्ष पबीत्रा कोहार लगायत शुभकामना व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.