Jilla Ban Notis

गाई तस्करी विरुद्ध बिश्व हिन्दु युवा संघ नवलपरासी पश्चिमको गम्भीर ध्यानाकर्षण 

0 38

परासी,मंसीर–१६

बिगत केही समय देखि नवलपरासी परासी हुँदै भै रहेको गाईहरुको अबैध ओसारपसार विरुद्ध विश्व हिन्दु युवा संघ, नवलपरासी पश्चिमले एक बिज्ञाप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

बिगत केही समय यता प्रशासनको मिलेमतोमा राष्ट्रिय अन्तर्राष्ट्रिय तस्कर गिरोह गाईको ओसारपोसारमा सम्लग्न रहेको र यस्ता अबैध गति विधि बन्द गराउन र तस्कर गिरोहलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विश्व हिन्दु युवा संघ नवलपरासी पश्चिमले आपत्ति जनाएको छ।

गाई तस्करी गर्ने गिरोहका विरुद्ध प्रशासनले कडा कदम न चालेमा हिन्दु युवाहरु गौ रक्षाका लागि आन्दोलित हुने चेतावनी विश्व हिन्दु युवा संघ, नवलपरासी पश्चिमका अध्यक्ष बिकास थापाले विज्ञप्ती मार्फत लिएका छन् ।

जिल्ला अध्यक्ष बिकास थापाद्वारा हस्ताक्षरित बिज्ञाप्तिमा गाईको अबैध ओसार पसार गरि नेपाल देखि बङ्लादेश पुराइने,जधन्य अपराधको संरक्षण भैरहेको उल्लेख गरीएको छ । साथै गौ रक्षाका लागि महेन्द्र राजमार्गमा अबैध गाई ओसारपसार विरुद्ध चेक जाँच सुरु गर्न आवाहन समेत गरीएको छ ।

Leave A Reply

Your email address will not be published.