Jilla Ban Notis

गर्भवती महिलालाई पौष्टिक आहार र सरसफाई सामग्री वितरण

0 68

परासी, २४ जेठ

पश्चिम नवलपरासीको पाल्हीनन्दन–१ सुनरीस्थित बाल शिक्षा निकेटन विद्यालय क्वारेन्टाईनमा रहेका गर्भवती महिलाहरुलाई पौष्टिक आहार तथा सरसफाई सामग्री वितरण गरिएको छ । स्वावलम्बन सामाजिक विकास केन्द्र तौलिहवा कपिलवस्तु र पाल्हीनन्दन गाउँपालिकाले क्वारेन्टाईनमा रहेका महिलाहरुलाई थप आहार र स्याहारका लागि एक क्वारेट अण्डा,चना, सरसफाईका सामग्री साबुन, मञ्जन, ब्रस, सेनिटाईनजर, मास्क,सेनिटरी प्याड वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता र संस्थाका कार्यकारी निर्देशक अर्जुन थापाले उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो । संस्थाले पश्चिम नवलपरासीको पाल्हीनन्दनसहित सुस्ता, सरावल र प्रतापपुर गरी चार गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ३६ जना गर्भवती महिलाहरुलाई उक्त आहार र स्याहारका सामग्री वितरण गर्ने कार्यकारी निर्देशक थापाले बताउनुभयो । आधारभूत स्वास्थ्य परियोजनाको कार्यक्षेत्र नवलपरासी, रुपन्देही र कपिलवस्तुका १८ स्थानीय तहका ८२ जना महिलाहरुलाई उक्त सामग्री वितरण गरिने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.