Jilla Ban Notis

गणतन्त्र , राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा राष्ट्रिय जनमोर्चाद्धारा अन्तक्रिया कार्यक्रम सम्पन्न ।

0 18

कृष्ण ढकाल
बर्दघाट,पौष–११
राष्ट्रिय जनमोर्चा नवलपरासीले गणतन्त्र , राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा नवलपरासीका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षता र अखिल छैठौंका महासचिव महेश जोशीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न् भएको थियो ।   बर्दघाट ४ बाढीपिडीतमा भएको कार्यक्रममा बामपंथी नेता कृष्ण राज पौडेल, नेपाल कम्युनिस्ट पार्टी ने.क.पा. का जिल्ला सदस्य रमेश बश्याल, जनक रावत ,नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी का जिल्ला सचिवालय सदस्य रामचन्द्र पोख्रेल ,ने.क.पा.माले का जिल्ला सचीव भरत पान्डेय,ने.क.पा. मसाल का जिल्ला प्रबक्ता धनपती सापकोटा ,स्वतन्त्र बामपंथी बुद्धिजीवी सुर्य नाथ अधिकारी लगाएतको सहभागिता रहेको थियो ।  राष्ट्रिय जनमोर्चा नवलपरासीका जिल्ला सचिव शोभाकान्त लामिछानेको सन्चालन र जिल्ला सल्लाहकार रेम राना को स्वागतवाट शुरु भएको कार्यक्रममा जिल्ला सल्लाहकार तिलक सुवेदी ले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.