Jilla Ban Notis

खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने ।

0 23

स्वस्तिक श्रेष्ठ
बुटवल, ५ मंसिर
लाफा समुहको आयोजनामा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पुस ५ र ६ गते दुई दिन प्रतियोगिता हुने विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि समुहका अध्यक्ष तारासिह रेश्मीले बताए । युवाहरुलाई खेलमार्फत एकतावद गराई सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित क्लबको स्थापना भएको उनले बताए । यश क्षेत्रमा नै ब्याडमिन्टन खेलमा सबैभन्दा ठूलो राशीको प्रतियोगिता भएको उनले दाबी गरे । प्रतियोगिता दुई ईभेन्टमा खेलाइने उनले बताए । जसमा खुल्ला तर्फ उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैया, दोस्रो टिमले नगद ४१ हजार १ सय ११ तथा तेस्रो टिमले नगद ३१ हजार १ सय ११ रुपैया नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि भेट्रान्स तर्फ उपाधि विजेता टिमले नगद २१ हजार १ सय ११, दितिय टिमले नगद नगद १५ हजार १ सय ११ तथा तृतिय टिमले नगद १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुसासित खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए । दुई दिने हुने प्रतियोगितामा करीब १३ लाख खर्च हुने खेल संयोजक पुरन गाहाले बताए । करीब २ सय जना खेलाडीहरुबाट एक सय टिमले उपाधि प्रतिस्पर्धा गर्ने उनले बताए । क्लबका सल्लाहकार बासुदेव लामिछानेले क्लबका सदस्य तथा खेलप्रेमीहरुको सहयोगबाट प्रतियोगि ता हुन लागेको बताए । क्लबबाट सामाजिक उत्तरदायित्व अन्तरगत एम्बुलेन्स संचालन गर्ने, अनाथ तथा अपाङहरुलाई सहयोग, वर्षको दुई पटक नियमित रक्तदान कार्यक्रम, ब्याडमिन्टन तथा भलिबल प्रतियोगिता गराउने लक्ष्यहरु रहेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरा गौतम, क्लबका संयोजक जगत बयम्बु, सदस्य अनिल श्रेष्ठले खेलकुदको विकासमा समाजका सबै पक्षको सहयोग जरुरी रहेको बताए ।

Leave A Reply

Your email address will not be published.