Jilla Ban Notis

खरीद प्रक्रिया निति,विधि र पार्दर्शी तरीकाले गरीएको छ ः क्याम्पस प्रमुख लम्साल

0 69

कृष्ण ढकाल
बर्दघााट,मंसीर–१२
दिब्य ज्योती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनका सभापति र सचिवद्धारा जारी विज्ञप्ती प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको दिब्य ज्योती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विष्ण्ुा लम्सालले बताउनु भएको छ । उहांले आज एक विज्ञप्ती जारीगरी आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको हो ।

यसअधि स्वतन्त्र विद्यार्थी यूनियनका सभापति प्रकाश पाण्डे र सचिव केदार चौधरीले विज्ञप्ती जारी गरी क्याम्पसमा सामान खरीद गर्दा नितिगत रुपमा आर्थिक अनियमितता भएको भन्दै छानविनका लागि माग गरेका थिए ।

आज क्याम्पस प्रमुख लम्सालले जारी गरेको विज्ञप्तीमा सबै खरीद प्रक्रिया निति,विधि र पार्दर्शी तरीकाले गरीएको र कुनै गलत भेटिएका कानुनी कार्वाही भोग्न तयार रहेको कुरा उल्लेख गरीएको छ । साथै कोही कसैलाई त्यस्तो दोविधा भएमा प्रक्रिया गत रुपमा जुनकुनै वेला हेर्न र अध्ययन गर्न सकिने समेत जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.