Jilla Ban Notis

क्रान्तिकारी माओवादी द्वारा मुमदिन मियाँको स्मृतिमा श्रद्धाञ्जली सभा

0 34

बर्दघाट,  माघ १४

मुष्लिम मुक्ति मोर्चाका जिल्ला संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) एसीएम मुमदिन मियाँको निधन प्रति शोक ब्यक्त गर्दै नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

स्व.मियाँको निवास बर्दघाट ५ सखुवानीमा आयोजित कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेलले मियाँ परिर्वतनका लागि खेलेको भुमिकाको स्मरण गर्नुभयो । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेयले मियाँको जिवनी माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका नेताहरु चुडामणि भण्डारी , सुर्य सापकोटा , पुरन गिरी र नेपाल मुष्लिम संघका जिल्ला सभापति करिम दिन शेखलगायतको आतिथ्यता थियो । क्रान्तिकारी माओवादी बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेलको अध्यक्षता भएको थियो ।

मियाँको ४ छोरा ३ छोरी र १९ नाति नातिना छन् । मियाँको माघ १२ गते निधन भएको थियो ।

यसबीच नेकपा क्रान्तिकारी माओवादीको संगठनात्मक कार्यक्रम अन्तरगत प्रतापपुर गाउ कमिटीको बैठक बुधवार भएको छ । बैठकले माघ १५ गते परासीमा आयोजना गरेको बिरोध कार्यक्रमलाई सम्पन्न गर्ने निर्णय भएको गाँउ सेक्रेटरी अनिलले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.