Jado Notish Bardaghat

कोरोना अनुभव ः– देवि पौडेल

0 57

जिउ टाउको दुखी खोकी करकरी,
रुघा ज्वरो आउने।
कानका बिचमा वसी झ्याउकिरी ,
असारे गित गाउने।

खोकि लाग्दछ अचाक्लि घाँटीमा,
हैन कफै आउने।
मृत्युको भय संझेर लाग्छ मनमा ,
हाम्ले यहि हो पाउने।

छिमेकीहरू छन् आ-आफ्नै धुनमा,
भित्र कोहि आउॅदैन।
कति नै सकस परोस पनिता,
दवाइ नै पाउॅदैन।

कतिता डरले पुलुक्क हेरेर,
पल्लो बाटो लाउॅछन्।
बोल्ने हिम्मत छैन उसबखत,
फोनमा घण्टी आउछन्।

बसी कोठा कोठा एकलै तिनजना,
ब्यथा लिई साथमा।
दिन त पल्याकपुलुक हेरी जाने,
धेरै गाह्रो रातमा।

बालिका बर्ष दुई अबोध मनकी,
सच्चा देवता सरि।
मम्मा म आउछु हजुर संगता,
भन्छिन रूँदै धरधरी।

हेर्न खोज्दछिन सवै जनालाई,
संझेर मनमा फेरी।
साह्रै कठिन संग नेट खोलि,
चित्त बुझाउ हेरी।

हेर्ने शिवाय छैन अरू उपाय,
हाम्रा साथमा केहि।
मोतीका अनमोल दानाकन
टलपल नयनमा त्यही।

आमा भाई बन्धु मित्र जनले,
गरेर आरधना।
कालैका मुखबाट निस्केर अघि बढ्यौं,
बोकि बाँच्ने चाहना।

कुल,पितृ,ईष्टदेव मान्यजनमा,
सवका चरण पर्दछौ।
हामी माथी सद्भाव राखी दिनुभयो,
मनले नमन गर्दछौ।

हार्दिक श्रद्धाञ्जलि म दिन्छु सवै,
दिवंगत आत्मालाई।
बिरामीहरू स्वास्थ्य बनाइ दिनुहोस,
बिन्ति प्रमात्मालाई।

✍️ देवि पौडेल

Leave A Reply

Your email address will not be published.