Sarawal sit lahar Notis

कृष्ण कुमारी खनालको निधन

0 110

रवि पाण्डेय
बर्दघाट,फागुन–१२
जनयुद्धका सहिद बाबुराम खनालकी आमा कृष्ण कुमारी खनालको ८९ बर्षको उमेरमा निधन भएको छ । बि.स.१९९० सालमा जन्मिनु भएकी खनालको बर्दघाट–१३ धनेवास्थित आफ्नै निवासमा विहीवार राति निधन भएको हो । ३ छोरा ६ छोरी मध्ये जेठो छोरा बाबुराम र सहिद बाबुरामकी छोरी गायत्री जनयुद्धमा सहिद हुनुभएको थियो ।

कृष्ण कुमारीको शुक्रवार त्रिवेणीधाममा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेकपा(माओवादी केन्द्र) , नेकपा (क्रान्तिकारी माओवादी)लगायत बिभिन्न माओवादी घटकका जिल्लास्तरका नेता कार्यकर्ता त्रिवेणीधाममा पुग्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.