Sarawal sit lahar Notis

कुमुदीनीमा जुनियर ट्यालेण्ट शो सम्पन्न ।

0 29
रामु भुसाल
बर्दघाट,माघ–१०
अनुशासित विद्यार्थी गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ कुमुदीनी ईग्लिश बोर्डिंग सेकेण्डरी स्कुल बर्दघाट ४ बर्दघाटाको आयोजनामा शुक्रबार जुनियर ट्यालेण्ट शो विद्यालयमा सम्पन्न भएको छ । विद्यालयकी प्रबन्धक निर्देशक कमला शर्माको अध्यक्षता तथा बर्दघाट नगर शिक्षा अधिकृत ईन्द्र बहादुर कुंवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुंवरले विद्यार्थीको अन्तर निहित प्रतिभालाई पहिचान गर्दै शैक्षिक गुणस्तरलाई कायम राख्नका लागी निजि तथा सामुदायिक विद्यालयहरुले सरकारको शिक्षा निति पालन गर्दै अगडाी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा नर्सरी देखी कक्षा २ सम्मका उक्त विद्यालयमा अध्ययनरत बालकालिहरुको प्रतिभा प्रस्तुत गरिएको थियो सो अवसरमा विद्यालय प्रिन्सिपल मिनकेसर शर्माले विद्यालयको गतिविधि माथि प्रकास पार्दै विद्यार्थीलाई पठन पाठन मात्र नभई अतिरिक्त क्रियाकलाप बाट उनिहरुको प्रतिभा पहिचान हुने बताउदै विद्यालयको बार्षिक उत्सवलाई लक्षित गर्दै सो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले आउदै गरेको सरस्वती पुजालाई लक्षित गरि विद्यालयले मन्टेश्वरीमा भर्ना अभियानको समेत शुभारम्भ गर्ने जानकारी गराउनुभयो । कार्यक्रममा लाउन्ने ईन्टरनेशनल प्राजेक्टका डाइरेक्टर पुजा शाह लागएतले मन्तब्य राख्नुभएको थियो । विद्यालयकी प्राइमरि कोर्डिनेटर शिक्षिका तुलसा थापाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन मावी समयोजक शिक्षक राजु भण्डारी र प्लस टु समयोजक शिक्षक लेखनाथ न्यौपानेले गर्नुभएको थियो । सो विद्यालयको बार्षिक उत्सव यही माघ महिनाको १७ गते एक कार्यक्रमका बीच सम्पन्न हुने विद्यालयका एमडी कमला शर्माले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.