Jilla Ban Notis

कावासोतीमा जग्गा नापजाँच सुरु

0 70
ज्ञानु पंगेनी
कावासोती , १६ बैशाख
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नापजाँचको काम सुरु गरेको छ ।
वडा न. ३ को ज्योतीनगर टोलबाट नापजाँचको काम सुरुआत गरिएको छ । कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनीया , भूमि सम्बन्धी समस्या समाधान आयोग पूर्वी नवलपरासीका सदस्य रामकृष्ण ढुङ्गाना , डोरमान गिरी लगायतको उपस्थीतीमा सुरु गरिएको हो ।
भूमी सम्बन्धी नगर स्तरीय सहजीकरण समितीले ३ न. वडाबाट जग्गा नापजाँच सुरु गर्ने निर्णय गरे अनुसार काम सुरु गरिएको हो । सुकुम्बासी र अव्यवस्थित बसोबास रहेको यस टोलमा १० जना अमिनको टोली नापजाँचका लागि खटिएको छ ।
जग्गा नापजाँच गर्न चारैतिर घेराबन्दी गरेर पोईन्ट पहिचान गर्ने काम गरिएको भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विवरण र तथ्याङ्क संकलन इकाई कावासोतीका प्रमुख पवन रुपाखेतीले जानकारी दिनुभयो । उक्त पोईन्ट पहिचान भएको र टोलका सबैजनाको जग्गाको नापजाँच सुरु गरिएको रुपाखेतीले बताउनुभयो । नापजाँच गर्नेक्रममा पहिले नापिनक्सा भएर लालपूर्जा समेत भएका व्यक्तीगत कित्ता छुट्टै छुट्याईने र त्यसपछि ऐलानी जग्गाको छुट्टै नापाजाँच गरिने रुपाखेतीले जानकारी दिनुभयो । त्यसलगत्तै वडा न. ५ र ९ मा जग्गा नापजाँच सुरु गरिने छ ।
कावासोतीमा ७ हजार ४ सय ११ जनाले फारम भरेका थिए । जसमध्ये भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको फारम भर्ने परिवार संख्या १ हजार ९ सय ९५ छ भने , अव्यवस्थित बसोबासको फारम भर्नेको संख्या ५ हजार ४ सय १६ रहेको छ । फारम भरेकाहरुको विवरण सहि छ कि छैन भनी फिल्डमै खटिएर जग्गाको नापजाँच र सोधपुछ गरी यकिन गरेपछि मात्रै लालपूर्जा वितरण गरिने रुपाखेतीले बताउनुभयो ।
गण्डकी प्रदेशमा कावासोती नगरपालिका र कास्किको रुपा गाउँपालकामा सबैभन्दा पहिला आयोगसंग सम्झौता गरि काम सुरु गरेको थियोे । कावासोती नगरपालिकाले लगत संकलन कार्य सम्पन्न गरी जिल्लामा नै पहिलो पटक जग्गा नापजाँचको काम सुरु गरेको हो । कावासोती नगरपालिकाले आयोगको कामलाई तिब्र रुपमा अगाडी बढाएको नगर प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो ।
आयोगका सदस्य ढुङ्गानाका अनुसार जिल्लाको अन्य ७ वटा पालिकामा पनि लगत संकलनको कार्य लगभग पुरा भएको छ । केहि दिनभित्र सबै स्थानीय तहको तथ्याङ्क आउने उहाँले बताउनुभयो ।
https://www.youtube.com/watch?v=jA6WRrDSnRs

Leave A Reply

Your email address will not be published.