Jilla Ban Notis

कर्मचारी र पत्रकारहरुले नै नेपाली भाषामा शुद्ध लेख्न छोडेपछि सर्बसाधरणहरु झनै अन्यौलमा ।

0 85

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१९
कर्मचारी र पत्रकारहरुले नै नेपाली भाषामा शुद्ध लेख्न छोडेपछि सर्बसाधरणहरुलाई झनै अन्यौल सृजना भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले पछिल्लो समयमा नेपाली भाषामा आएको विकृतिले गर्दा सृजीत समस्याहरु झनै जटील बन्दै गएको प्रति दुःख ब्यक्तगर्दै अब नेपाली भाषालाई शुद्धसँग लेख्ने बानीको बिकास गराउन कर्मचारी र पत्रकारहरुवाट नै शुरुवाद गर्नु पर्ने धारणा ब्यक्त गरेका थिए ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानको भाषा साहित्य विभागले आयोजना गरेको नेपाली शुद्ध लेखनका चुनौती र समाधानका उपायहरु विषयक गोष्ठीमा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका उप–कुलपति टिका बहादुर पहारीको अध्यक्षता र प्रमुख संरक्षक एवं नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीले कार्यपत्रसहित प्रशिक्षण दिनु भएको थियो ।


प्रज्ञा सभा सदस्यहरु सहित,बर्दघाट नगरका विद्यालयहरुका नेपाली बिषयका शिक्षक,वडाध्यक्ष तथा सचिवहरु र पत्रकारहरुको सहभागिता रहेको उक्त गोष्ठीमा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरको भाषा ,साहित्य ,संगितर संस्कृति संरक्षणमा अब प्रज्ञा प्रतिष्ठान मार्फत उल्लेखनीय कार्य हुनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।

त्यसैगरी संरक्षक तथा नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले भाषा शुद्धिकरणका लागि बर्दघाट नगरबाट नै नयाँपन दिन सकिने भएकाले सबैले प्रयास गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
त्यस्तै प्रध्यापक शेषकान्त पौडेलले अझैपनि कतिपय शिक्षकहरुले शब्द नचिनेको अस्था रहेको बताउदै भाषामा विबाद रहेको धारण राख्नु भएको थियो । उहाँले भाषालाई सुत्रमा हेरेरमात्र नहुने भन्दै कतिपय अवस्थामा ब्यवहारीकतामा पनि हेरीनु पर्ने धारणा राख्नु भएको थियो ।

प्रज्ञा परिषद सदस्य जिवनाथ पौडेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा टिप्णीकारका रुपमा भाषा साहित्य विभाग संयोजक हुमनाथ आचार्य रहनुभएको थियो भने कार्यक्रमको संचालन प्रज्ञा परिषद् सदस्य कुस्माकर ढकाल (कृष्ण)ले गुर्नभएको थियो ।

Leave A Reply

Your email address will not be published.