Jilla Ban Notis

एस.ई.ई.को नतिजा सार्वजनिक ।

0 46

कृष्ण ढकाल
बर्दघाट,भदौ–१
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा आज सार्वजनिक गरेको छ । नतिजा हेर्नका लागि टेलिफोन, एस.एम.एस र बेभसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
एस.ई.ई.को परिक्षा कोभिड–१९ का कारण अन्तिम समयमा आएर स्थगित भएको थियो तर पनि परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो । अहिले ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको राष्ट्रिय परीक्षा बोर्डले जानएको छ । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षकले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।

Leave A Reply

Your email address will not be published.