Jilla Ban Notis

एमाले नेता अधिकारीद्धारा मतदातालाई हार्दिक धन्यवाद तथा आभार ब्यक्त

0 70

बर्दघाट,मङ्सीर–१०
नवलपरासी निर्वाचन क्षेत्र नं. २ वाट नेकपा एमालेका तर्फ देखि प्रतिनिधि सभा सदस्य पदमा उमेदवारी दिनुभएका दिपेन्द्र कुमार अधिकारीले सफलता हाँसिलगर्न नसकेपनि आफ्ना सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद तथा आभार गर्नु भएको छ ।
नेता अधिकारीले आफ्नो सामाजिक संजाल मार्फत आफ्ना मतदाताहरुलाई आभार सहित धन्यवाद प्रकट गर्नु भएको हो। उहांले सामजिक संजालमा दिएको हार्दिक धन्यवाद तथा आभार यस प्रकारको रहेको छ ।

हार्दिक धन्यवाद तथा आभार

एतिहासिक प्रतिनिधिसभा तथा प्रदेससभाको निर्वाचन २०७९ मा नेकपा ९एमाले० को तर्फबाट नवलपरासी पश्चिम प्रतिनिधिसभा क्षेत्र नं। २ बाट मेरो उम्मेद्दवार रहेको थियो । उक्त निर्वाचनको मत परिणामबाट हामी दुखित भएका छौं । निर्वाचनमा हार जित भनेको सामान्य विषय हो । विजयी उम्मेद्दवार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ध्रुव वहादुर प्रधानज्यू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
निर्वाचनमा हाम्रो पार्टी एवं हाम्रो गठबन्धनका साझा उम्मेद्दवारहरुलाई विजयी गराउन सहयोग गर्नुहुने सम्पुर्ण पार्टी नेता तथा कार्यकर्ताहरु, आदरणिय मतदाताहरु, भातृसंगठनका सम्पुर्ण कमरेडहरु पार्टी सदस्य एवं शुभेच्छुक सम्पुर्णमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछु साथै निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्नुहुने निर्वाचन आयोग, विभिन्न सुरक्षा निकाय, सञ्चारकर्मि, प्रयवेक्षक लगायत सम्पुर्णमा धन्यवाद प्रकट गर्दछु ।
समृद्ध नवलपरासी बनाउने अभियानमा मेरो अझ बढी सक्रीयता रहनेछ । सम्पुर्ण पार्टी नेता तथा कार्यकर्ताहरुमा निर्वाचनबाट हरेस नखाई अझ बढी सक्रीयता पुर्वक पार्टी काममा जुट्न तथा जनताको जनजिविका संग प्रत्यक्ष रुपमा जोडिन सम्पुर्णमा अनुरोध गर्दछु ।
देशैभरि चौतर्फि घेराबन्दीको बाबजुत यस निर्वाचनमा फेरी एकपक राष्ट्रियताको लागि समृद्ध नेपाल सुखि नेपाली निर्माणको लागि नेकपा ९एमाले०कोे अपरिहार्य रहेको मत परिणामले देखाएको छ । देशैभरिबाट निर्वाचित हुने सम्पुर्णलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु

दिपेन्द्र कुमार अधिकारी
प्रतिनिधिसभा क्षेत्र नंं २ नवलपरासी पश्चिम

Leave A Reply

Your email address will not be published.