Jilla Ban Notis

एक दिने निःशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न ।

0 70

गौरीशंकर जयसवाल
परासी  फागुन–२५
परासीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । रामग्राम नगरपालिका पशु शाखाको आयोजनामा रामग्राम नगरपालिकाको वडानं १६ हकुईमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएकोे हो । वडानं १६का वडाअध्यक्ष भगवना थारुको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख  आतिथ्यतामा उक्त शिविरको समुद्घाटन गरीएको थियो ।  पशुहरुमा देखापरेका विभिन्न प्रकारका रोगहरु र त्यसको रोकथामका लागि लक्षित गरी रामाग्रामा नगरपालिकाले निः शुल्क स्वाथ्य शिबिर संचालन गरिएको नगरपालिकाो पशु शाखाले जनाएको छ । आईतवार भएको शिविरमा चार सय किसानहरुले आफ्ना पशुहरुको निःशुल्क स्वास्थ्य शिबिरमा सेवा लिएको नगरपशु शाखा प्रमुख गोबिन्द पौडेलले जानकारी दिनुभएको छ । शिबीरमा पशुऔषधी पनि बितरण गरिएको थियो भने पशुस्वास्थ शिबिरमा पशु बिशेष डा. भरत काप्mले र प्राबिधिक  खेमराज पटेलले स्वास्थ्य परीक्षण गरेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.