Jilla Ban Notis

उद्योग वाणिज्य संघ नवलपरासी द्धारा दैनिक मजदुरी गरेर खानेहरुको लागी जिल्लाका सवै स्थानियत तहमा राहात सामाग्री उपलब्ध ।

0 32

नवलपरासी,चैत–२८
आज देखि उद्योग वाणिज्य संघ नवलपरासीले जिल्ला भित्रका स्थानिय तहहरुलाई राहत सामाग्री उपलब्ध गराउन शुरु गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गरेर खाने, असाय असक्त तथा निम्न वर्गहरुको जिवन यापनलाई सहज वनाउनका लागी उद्योग वाणिज्य संघ नवलपरासीले जिल्लाका उद्योगी , व्यावसायी तथा वर्तमान कार्यसमितिबाट राहत संकलनगरी जिल्लाका सवै नगर तथा गाउँपालीकाहरुलाई राहत उपलब्ध गराइएको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशब भण्डारीले बताउनु भयो । जस अन्तरर्गत आज पाल्हिनन्दन गाँउपालीका र सुनवल नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।  अति विपन्न मजदुरी गरेर खाने असाय असक्तहरुको लागी भनेर प्रत्येक स्थानिय तहलाई १ हजार के जि (सोना स्टीम चालम उपलब्ध गराइएको संघका महासचिव गिरिराज पाण्डेले बताउनु भयो । त्यस्तै वर्दघाट लागाएत वांकि रहेका  स्थानिय तहहरुलाई पनि राहत सामग्री उपलब्ध गराइने संघकि सचिव तारा आर्चायले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.