Jilla Ban Notis

उद्यामशीलता बनाउन सकेमात्र सहकारीको आर्थिक समृद्ध हुने ः मेयर थापा ।

0 25

गौरीशंकर जयसवाल

परासी ३० मंसिर

भैरब बचत तथा ऋण सहकारी संस्था लिको १२ औँ बार्षिक साधारण सभा तथा छैठौ आधिबेशन एव.भवन समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडानं ९ स्वाठी स्थित रहेको भैरब बचत तथा ऋण सहकारी संस्था लिको १२ औँ बार्षिक साधारण सभा तथा छैठौ आधिबेशन एव.भवन समुदघाटन सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले एक कार्यक्रम बिच उदघाटन गरेका हुन । उद्धघाटन गदै नगरप्रमुख थापाले सुनवल नगरपालिकाले सहकारीहरुसंग सहकार्य गरेर कृषि पशुपालनमा क्षेत्रमा काम गर्न बजेट बिनियोज गरेको बताए । उनले सहकारीहरुले बचत नाफा भन्दा र उत्पादनमा जोड दिन अग्रह गरेका थिए । सुनवल नगरपालिकाको वडानं २ र ९मा कृषि पकेट क्षेत्र बनाउने योजना अघि बढेको भन्दै वडानं २ मा २० बिगाह क्षेत्रफलमा कृषि अनुसान्धान केन्द्र बनाउन लागेको जानकारी दिए । नगरप्रमुख थापाले प्रत्येक घर—घरमा सहकारीहरुले आफनो शेयर सदस्यहरुलाई उद्यामशीलता बनाउन सकेमात्र सहकारीको आर्थिक समृद्ध हुने बताए । एक सदस्य एक उद्यामशीलता र उत्पादन बढाउन थापाले सहकारीहरुलाई अग्रह गरेका थिए । साधारण सभामा कार्यबहक अध्यक्ष बचतनाथ योगी सचिव टंकनाथ कुवर तथा लेखा संयोजक हिरालाल यादव कोषाध्यक्ष शंकरप्रसाद नाँउले आर्थिक प्रतिबेदन पेश गरेका थिए । २०६४ सालमा स्थापना भएको उक्त सहकारीसंग शेयर पुजीँ ४२ लाख ४७ हजार ८सय रहेको छ । सहकारीले गत आर्थिक वर्षमा सहकारीले रु ६लाख ४४ हजार ८सय रुपैया शुद्ध नाफा आर्जन गर्न सफल भएको सहकारीका सचिव टंक प्रसाद कुवरले जानकारी दिए । उक्त सहकारीले सुत्केरी खर्च ३ जना दिने गरेको र शेयर सदस्यहरु निशुल्क बिमा समेत गरेको सहकारीले जनाएको छ ।कार्यक्रममा २जना जेष्ठ नागरिकलाई पनि सम्मान र शिक्षमा उत्कृष्ट अक ल्याएको शेयर सदस्यका छोरा छोरीहरुलाई सम्मान गरेको गरिएको सहकारीका कार्यबहक अध्यक्ष योगीले बताए । उक्त सहकारीमा ५ सय १६ जना शेयर सदस्य रहेका छन । सहकारीको भवन कुल ३०लाख को लगतमा ६ कोठा निमार्ण गरिएको सहकारीको लेखा सयोजक हिरालाल यादवले जानकारी दिए । भैरब बचत तथा ऋण सहकारी संस्थालिका कार्यबहक अध्यक्ष बचतनाथ योगीको अध्यक्षता तथा सुनवल नगरपालिकाको नगरप्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल,वडानं २का वडाअध्यक्ष राजेन्द्र यादव,वडानं ९का वडाअध्यक्ष कन्हैया थारु,प्रगातिशिल बचत तथा ऋण सहाकारी संस्था स्वाठीका अध्यक्ष रामचन्द्रभण्डारी लगयतले शुभकामना व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.