Jilla Ban Notis

उचीत मुल्यमा समयमा नै गुणस्तरीय मलविउ विक्रि वितरणगर्ने वातावरण मिलाउदैै नगरप्रमुख गुप्ता ।

0 31

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१८
रामग्राम नगरक्षेत्र भित्रका किसानहरुका लागि समयमा नै सर्वसुलभ तरीकाले मल विउको सहज विक्रि–वितरण गर्नका लागि रामग्राम नगरपालिकाले पहल गरेको छ । नगरमा रहेका मल विउको कारोवार गर्ने उद्योगी ब्यापारीहरुसंग आज नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले छलफलगरी नगरक्षेत्रका सम्वन्धित ब्यापारीहरुलाई सर्वसुलभ तरीकाले भौतीकदुरी कायमगरी उचीत मुल्यमा समयमा नै गुणस्तरीय मल विउ विक्रि वितरण गरी किसानहरुलाई सहजता प्रदान गर्न आग्रह गर्नु भएको थियो । नगरप्रमुख गुप्ताले किसानहरुका लागि आवश्यपर्ने उन्नत जातको गुणष्तरीय धानको विऊ नेपालमा नपाएको खण्डमा भारतवाट ल्याउन परेपनि त्यसको लागि रामग्राम नगरपालिकाले पहल गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो । उहांले किसानहरुका लागि सहज होस भन्ने हेतुले मल विउको कारोवार गर्ने ब्यापारीहरुलाई कुनैपनि समयमा खुल्लागरी विक्रि वितरण गर्न निर्देशन समेत दिनु भएको छ । त्यसका लागि प्रहरी प्रशासन र जिल्ला प्रशासनसंग आफु समन्वय गर्ने समेत बताउनु भयो ।
आज नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको छलफल कार्यक्रममा कार्यपालिका सदस्य रोशन शाह, प्रमुख प्रशासकिय अधिकृत रुद्र प्रसाद रेग्मी,ईन्जीनियर सतिस कुमार गुप्ता,अधिकृत खेमराज ढकाल,बुद्धसीड कम्पनीका प्रतिनिधि उमा शंकर चौधरी,डायनमिक एग्रोभेट रामग्रामका मधुसुधन पौडेल,पाल्हि केषि सामाग्री केन्द्रका चनद्र प्रकाश गुप्ता लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.