Jilla Ban Notis

ईलाका प्रहरी कार्यालय पिपरहवाको टोलीद्धारा लागुऔषध सहित दुई जना पक्राउ ।

0 35

ध्रुव नारायण वानिया
पाल्हिनन्दन,जेष्ठ–२९
सीमावर्ती क्षेत्र भारतीय बजार बाट लागु औषध नेपाल ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय पिपरहवाको टोलीले लागुऔषध सहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–७ का अन्दाजी ४० बर्षिय चन्द्रीका नेटुवा (राठौर) र सोही ठाऊ बस्ने २० वर्षीया अजय नेटुवा (राठौर) रहेका छन्। उनलाई पाल्ही नन्दन गाऊपालिकाको वर्डा नं.२ मुडेडा मा नहर को बाटोमा चेकजांच गर्ने क्रममा पक्राउ गरिएको हो । चेकजांच गरेको अवस्थामा उक्त लागूऔषध बरामद भएको प्रहरीले बताएको छ। बरामद भएका लागूऔषध डाईजीपाम,प्रोमेथाजिन, मर्फिन लगायतका विभिन्न किसिमका लागू औषध र ५९२ एम्पुल सहित उनीहरुले प्रयोग गरेको लु १३ प ४३६५ नं. को मोटर साइकल समेत पक्राउ गरि उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पठाइको प्रहरी ले जनाए को छ ।

Leave A Reply

Your email address will not be published.