Jilla Ban Notis

आदर्श मावि सेमरीमा विद्यार्थीलाई स्वागत

0 68

रामु भूषाल

बर्दघाट,मंसिर–५

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर २ मा अवस्थित आदर्श मावि सेमरीमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । विद्यालयमा कक्षा १२ मा अध्यनरत छात्र अमिरुन नेसाको अध्यक्षता तथा विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष सन्जय मुडवारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा विशिष्ट अतिथिको रुपमा प्रतापपुर गाउपालिका वडा नम्बर २ की वडाध्यक्ष इश्वरी चौधरी, अतिथिहरु कक्षा १२ का कोडिनेटर एवं शिक्षक अभिभावक संघका शिक्षक प्रतिनीधि पशुपति चौधरी, विद्यालयका सहायक प्रअ रमेश पराजुली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कक्षा १२ की छात्रा सरिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कक्षान १२ मा अध्ययन गर्ने छात्रछात्रा प्रिंका बरई र चाद बलि चमारले गर्नु भएको थियो । सो अवसरमा सास्कृतीक कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.