Jilla Ban Notis

आज बाट एसइइ परिक्षा ः नवलपरासीमा ६ हजार ६२ जना बिद्यार्थीहरु सहागी हुदै ।

0 57

कृष्ण ढकाल

बर्दघाट,चैत्र–१७
आज बाट देशभर एसइइ परिक्षा सुरु हुदैछ । नवलपरासीमा २२ परिक्षा केन्द्रमा ६ हजार ६२ जना बिद्यार्थीहरु परिक्षामा सहभागित हुदैछन् ।  नियमित तर्फ परिक्षा दिने विद्यार्थी ५ हजार ५ सय ६६ जना रहेका छन्न् भने प्राविधिक धारतर्फका विद्यार्थी १ सय ९७ जना  रहेका छन्न् । यस्तै ग्रेड बृद्धि तर्फ २ सय ९९ जना परिक्षार्थी रहेका छन्न् ।

यस्तै जिल्ला भर परिक्षामा सहभागीहुने छात्रहरु २ हजार ९ सय ९६ जना र छात्रा तर्फ २ हजार ६६ जना रहेको बताइएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका ८५ हजार तीन सय ८१ विद्यार्थी परिक्षामा सहभागी हुदैछन् ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालयले परिक्षालाई मर्याादीत बनाउन अनुगमनलाई समेत व्यवस्थीत बनाउनेगरी जिम्मेवारी बाँडफाँड गरेको छ  भने प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा परिक्षा अनुगमन समिति बनेको बताईएको छ ।

आज पहिलो दिन विद्यार्थीले अनिवार्य अंग्रेजी बिषयको परिक्षा दिदैछन् । विहान ८ बजे देखी सवा दश बजे सम्म परिक्षा चल्ने छ । गणित बिषयको परिक्षाको समय तीन घण्टा तोकिएको छ भने, अन्य बिषयको परिक्षाको समय सवा दुई तोकिएको छ ।
१२ जिल्लामा तीन सय ३४ परिक्षाकेन्द्र तोकिएको छ । यसपालिकाको एसइइमा लुम्बिनी प्रदेशबाट ८५ हजार तीन सय ८१ विद्यार्थी सहभागी हुदैछन । यस बर्षको एसइइमा सबैभन्दा बढी विद्यार्थी रुपन्देही जिल्लाका छन् । रुपन्देहीमा ५६ वटा परिक्षा केन्द्र छन् भने त्यहाँबाट १८ हजार ७ सय ४० विद्यार्थी सहभागी हुदैछन् । सबैभन्दा कम विद्यार्थी रुकुम पश्चिम जिल्लामा छन् । जहाँ ८ वटा परिक्षा केन्द्र छन् भने एक हजार ९८ जना विद्यार्थी परिक्षामा सहभागी हुदैछन् ।

Leave A Reply

Your email address will not be published.