Jilla Ban Notis

आज फेरी मन्त्रिपरिषद विस्तार ,नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गराईयो ।

0 29

पुस, १०
आज मन्त्रिपरिषद विस्तार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपगरी आज मन्त्रिपरिषद विस्तार गर्नु भएको हो । उहांले ९ जना थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गर्नु भएको छ । ।
आज विस्तार गरीएको मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।
मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाउनु भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूहबाट बाहिरिँदा ६ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाएका हुन ।
नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गराइएको छ ।

Leave A Reply

Your email address will not be published.