Jilla Ban Notis

आजदेखी राष्ट्रिय परिचयपत्र बितरण सुरु 

पहिलो राष्ट्रिय परिचयपत्र पाउने व्यक्ति काहाँर बने

0 17

गौरीशंकर जयसवाल

परासी ७ श्रवाण

पश्चिम नवलपरासीमा आजदेखी राष्ट्रि«य परिचयपत्र बितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले एक कार्यक्रम गरि राष्ट्रिय परिचयपत्र बितरण सुरु गरेको हो । पश्चिम नवलपरासीमा पहिलो राष्ट्रि«य परिचयपत्र पाउने व्यक्ति जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सुनिल दत्त कहाँरलाई प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले प्रदान गरी शुभारम्भ गरेका हुन । राष्ट्रि«य परिचयपत्र बितरण गदै प्रजिअ पाठकले बैशाख देखी नै राष्ट्रि«य परिचयपत्र बितरण गर्नुपर्ने भएतापनि लकडाउनले गर्दा प्रभावीत भएकोले श्रावण देखी बितरण कार्य सुरु गरिएको बताए ।

७७ वटै जिल्लाबाट नेपाल सरकारले सबै नेपाली नगरिकता पा्रप्त नगारिकलाई दुईबर्षभित्र राष्ट्रि«य परिचयपत्र बितरण गर्न लक्ष्य अनुसार बितरण गर्न लागिएको प्रजिअ पाठकले जानकारी दिए । उनले भने राष्ट्रि«य परिचयपत्र बितरण गर्न अहिले जिल्ला प्रशासन कार्यालयबाट नै बितरण व्यवस्था मिलाईको र त्यसका लागि दुई जना कर्मचारी रहेको बताए ।

व्यक्तिको व्यक्तिगत  बिवरण र  दश औँला छाप फोटो,रेटीना हस्तलिखीत रहेकोले व्यक्तिको पहिचाहन गर्न सहज हुने  राष्ट्रि«य परिचयपत्र नंम्बर बाट व्यक्तिको पहिचान गर्न सामाजका घटना घटाएर भगेका अपराधीहरुलाई पहिचान गर्न सजिलो हुने प्रजिअ पठाकले बिश्वास व्यक्त गरेका थिए ।

राष्ट्रि«य परिचयपत्र पाउनको लागि नेपाली नागरिकता प्रमाणपत्र सक्कल र प्रतिलिपी, आमाबुवाको नागरिकता प्रमाणपत्र भएसम्म,नागरिकता प्रमाणपत्रमा जन्म मिती नखुलेको हकमा सो खुल्ने प्रमाण वा गाउँपालिका नगरपालिका सिफारिस,नगरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा फरक बसाई सराईप्रमाण पत्र,नेपाली नागरिकतामा पतिपत्नी नाम नखुलेमा बिवाह दर्ता प्रमाणपत्र ल्याउनुपर्ने प्रवाधान रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोरसिहमाझीले जानकारी दिए । यस्तै नागरिकता प्रमाणपत्रमा अग्रेजीमा नाम नखुलेको भए सम्भव भएसम्म अग्रेजीमा नाम खुल्ने कागजत , राष्ट्रि«य परिचयपत्र बिवरण दर्ताको लागि निबेदन फारम भर्न स्वय आफै उपस्थित हुने पर्ने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.