Jilla Ban Notis

आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीद्धारा बीमित परिवारलाई बीमा दाबी रकम भुक्तानी 

0 35
मोहन पौडेल
परासी , ९ वैशाख
आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले पश्चिम नवलपरासीमा  बीमितको मृत्यु पश्चात् को बीमा दाबी रकम भुक्तानी गरेको छ ।  पश्चिम नवलपरासीको सरावल गाउँपालिका- ६  मा बीमित स्व. नरसिंह कहारको परिवारलाइ घरमै पुगेर रकम भुक्तानी गरिएको हो ।
स्व. नरसिंहको बीमा गरेको एक वर्ष भित्रै कालगतिले   मृत्यु भएको थियोे । सरावल – ६ का वडा अध्यक्ष कैलाश यादवको रोहवरमा तथा उक्त बीमा कम्पनीका प्रदेश प्रमुख एजिएम ऋषिभक्त ढकालको उपस्थितिमा आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड परासी शाखाका प्रमुख अमरदीप गुप्ताले बीमितकी पत्नी गीता कहारलाई रु ५ लाख १५ हजार ७४३ को चेक हस्तान्तरण गर्नुभएको हो ।
बीमितले उक्त कम्पनीमा एक वर्ष अगाडि रु पाँच लाखको बीमा गर्नुभएको थियोे ।   कार्यक्रममा वोल्दै वडा अध्यक्ष यादवले  आईएमई लाइफले मृतक परिवारलाई ठुलो राहात प्रदान गरेको भन्दै आगामी दिनमा पनि जोखिम सुरक्षाका लागि विश्वाससिलो सेवा दिनेमा आफु आशावादी रहेको बताउनुभयो । उहाँले आई.एम.ई लाइफको बीमित प्रतिको जिम्मेवारी र उत्तरदायित्व व्यवहारले आफु प्रभावित भएको बताउँदै विमा गरेर परिवारलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिन आग्रह गर्नुभयो ।
बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रमलाइ परिवर्तन गर्दैे आफ्ना बीमित स्व. कहारको घरमै पुगी मृत्यु बापत हुने बीमाङ्कको दाबी भुक्तानी रकम हस्तान्तरण गरिएको परासी शाखा प्रमुख गुप्ताले बताउनुभयो ।
गुप्ताले  दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यस्तो दुखद् घडीमा कम्पनीेले सहज रुपमा दावी भुक्तानी गरी बिमा प्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधैं बीमितको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.