Jilla Ban Notis

असोज महिनाभित्र बिद्यार्थीहरुको नाम रजिष्टेशन गराउन प्याब्सन नवलपरासीको अनुरोध

0 37

कृष्ण ढकाल
बर्दघाट,भदौं–३०
आगामी असोज १ गते देखि विभिन्न वैकल्पिक विधिको प्रयोग गरी नवलपरासी जिल्लाका निजि विद्यालयहरुले पठन–पाठन शुभारम्भ गर्ने भएका छन् । नेपाल सरकार शिक्ष्ाँ विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार यहि असोज १ गते देखि जिल्लाका प्याब्सन आबद्ध विद्यालयहरुले विभिन्न वैकल्पिक विधिवाट पठन–पाठनलाई शुभारम्भ गर्न लागिएको प्याब्सन नवलपरासीका अध्यक्ष ईन्द्र गुरुङ्गले गाउ“ले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ ।

अध्यक्ष ईन्द्र गुरुङ्गका अनुसार असोज १ गते देखि वैकल्पिक विधिवाट पठन–पाठनलाई शुभारम्भ गर्नका लागि प्याब्सन नवलपरासीले जिल्लाका सबै संचार माध्यामहरुको प्रयोग गरी सुचना समेत प्रभाव गरी सकिएको छ । प्याब्सन नवलपरासीले सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुलाई आ–आफ्नो विद्यालयमागई सम्पर्कगरी यहि असोज महिनाभित्र नाम रजिष्टेशनगराई पठन–पाठनमा सहभागि हुनका लागि सुचना जारी गरेको अध्यक्ष गुरुङ्गले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.