Jilla Ban Notis

असार १४ गते ६८ औ मदन जयन्ती विभिन्न कार्यक्रमहरुका साथ मनाउने निर्णय ।

0 17

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१४
मदन भण्डारी फाउण्डेशन प्रदेश ५ कमिटीका अध्यक्ष सूर्य ढकालको अध्यक्षता र मदन भण्डारी फाण्डेशनका केन्द्रीय सचिव पेम्मा लामाको प्रमुख अथित्यमा अलनाइनबाट पदाधिकारीको बैठक आज सम्पन्न भएको छ । बैठकले यहि असार १४ गते जननेता मदन भण्डारीको ६८ औ मदन जयन्ती विभिन्न कार्यक्रमहरुका साथ मनाउने निर्णय गरेको छ ।

असार १३ गते मदन जयन्तीको सन्दर्भमा मदन भण्डारी फाउन्डेशन प्रदेश कमिटीले  आयोजनागर्ने विचार गोष्ठीमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई प्रमुख आतिथ्यका रुपमा आमन्त्रण गर्ने निर्णय भएको बताईएको छ । त्यसैगरी असार १४ गते सबै जिल्लाहरुले आफ्नो घर वरिपरि वा आफनो जमिनमा फलफुलका विरुवाहरु अनिवार्य रुपमा रोप्ने । समृद्ध नेपाल सुखी नेपाली नामक पुस्तक असार १४ भित्र प्रकाशित गर्ने । सबै जिल्लामा रत्तदान कार्यक्रमको आयोजना गर्ने । सबै जिल्ला कमिटीहरुको (मदन भण्डारी फाउन्डेशन,मदन भण्डारी कला साहित्य,मदन भण्डारी बौदिक मन्त्र र मदन भण्डारी स्पोर्टस एकडेमी) अनलाइनबाट बैठकको आयोजना गर्ने । लगाएतका निर्णयहरु भएको मदन भण्डारी फाउण्डेशन, प्रदेश न ५ का अध्यक्ष सूर्य ढकालले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.