Jilla Ban Notis

अवैध रुपमा नदीजन्य पदार्थ निकासी गर्दै गरेका तिन वटा टेक्टर पक्राउ ।

0 13

बर्दघाट,मंसीर–२९

ईलाका प्रहरी कार्याल बर्दघाटले अवैध रुपमा नदीजन्य पदार्थ निकासी गर्दै गरेका तिन वटा टेक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लु ४ त २५२५,लु ४ त २५२३ र लु ४ त २१०१ नंम्वरका तिनवटा टेक्टर रहेका छन् ।

बर्दघाट नगरपालिका वडा नम्वर ५ र १६ को सिमानामा पर्ने खजुरी खोलाको शिरवाट अवैधरुपमा  ढुगां निकासी गरीरहेका उक्त ३ टेक्टरहरुलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्याल बर्दघाटले जानकारी दिएको छ ।

खोलाको निकासिमा रोक लगाएको समयमा खोलावाट अवैधरुपमा  ढुगां निकासी गरीरहेका ति टेक्टरहरु अहिले ईलाका प्रहरी कार्याल बर्दघाटमा नै रहेको र तीनीहरुलाई कार्वाहिका लागि  बर्दघाट नगरपालिकामा बुझाउने र जरीवान गरेर मात्र छोड्ने ईलाका प्रहरी कार्याल बर्दघाटले जानकारी दिएको छ ।

पक्राउपरेका तिनवटै टेक्टरहरु पटके नभै पहिलो पटक भएका कारण प्रति टेक्टर १५ हजार जरीवाना तिर्नु पर्ने  कानुनी प्राबधान रहेको बताईएको छ । यदि पटके भएको खण्डमा ३० हजार प्रति टेक्टर जरीवाना लाग्ने निश्चित थियो ।

Leave A Reply

Your email address will not be published.