Sarawal sit lahar Notis

अभिमुखीकरण कार्यक्रम सम्पन्न

0 67

प्रमोद अर्याल
बर्दघाट,बैशाख–४
सुर्तिजन्य पदार्थ नियन्त्रण अभियान अन्तर्गत सचेतनामुलक अभिमुखीकरण कार्यक्रम बर्दघाटमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाको आयोजनामा विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग ४ दिन सम्म सँचालन हुने कार्यक्रम अन्तर्गत पहिलो दिन बर्दघाट खानेपानी तथा सरसफाई सँस्थाका पदाधिकारी एवं सदस्य, खानेपानी सुरक्षा योजना समिति, कर्मचारी, सुरक्षा निकाय अन्तर्गत नेपाल प्रहरी र वडा नम्बर ४ कार्यालयका कर्मचारी, पत्रकार लाई सुर्तिजन्य पदार्थले निम्त्याउने समस्या र समाजमा पार्ने असरका बारेमा जानकारी गराइएको थियो ।
बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले सहजीकरण गरेको कार्यक्रममा सहभागिहरुले विभिन्न जिज्ञासा राख्दै रोकथामको लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याको अध्यक्षता एवं बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाका अध्यक्ष धातानन्द बश्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा करिव ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बश्यालले सुर्तिजन्य पदार्थले ब्यक्तिगत स्वास्थ्यसँगै समाजलाई नै समस्यामा पार्दै लगेको बताउँदै रोकथामका लागि उचित कदम चाल्नुपर्ने बताए । प्रमुख प्रशासकिय अधिकृत पाध्याले समाजलाई गलत बाटोमा डोहोर्याउन सुर्तिजन्य पदार्थले भूमिका खेलेको बताउँदै रोकथाम र नियमनको लागि सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए । सुर्तिजन्य पदार्थले स्वास्थ्यमा पार्ने नकारात्मक असरको बारेमा नागरिकलाई सुसुचित गर्न सकेमा यसको रोकथाम गर्न सकिनेमा उनको जोड थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेले विक्रि वितरणमा कडाइ गर्ने र सार्वजनिक स्थलमा प्रयोग गर्न पूर्ण रोक लगाउनु पर्ने बताएका थिए । ४ दिनसम्म सँचालन हुने अभिमुखीकरण कार्यक्रम अन्तर्गत फरक फरक दिन विभिन्न क्षेत्रहरु उद्योग, ब्यवशायी, टोल समिति प्रतिनिधि लगायतका लाई अभिमुखिकरण गरिने बर्दघाट नगरपालिका स्वास्थ्य शाखाका अधिकृत एवं कार्यक्रम सँयोजक कृष्णहरी पौडेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.