Jilla Ban Notis

अपांगता भएका व्यक्तिहरुका लागि परिचय-पत्र वितरण ।

0 45

प्रतापपुर,मंसीर–११
प्रतापपुर गा।पा।स्तरीय अपांग हकहित समन्वय समितिको आयोजना तथा प्रतापपुर गा।पा। नवलपरासी पश्चिमको सहयोगमा अपांगता भएका व्यक्तिहरुका लागि परिचय(पत्र वितरण गरीएको छ ।
कार्तिक २३,२४ र २५ गते प्रतापपुर स्वास्थ्य चौकि, बेलाटारिको प्रागंणमा एक शिविरको आयोजना गरी परिचय(पत्र वितरण गरीएको थियो ।

समन्वय समितिका संयोजक एंव गा।पा।का कार्यबाहक अध्यक्ष अञ्जु कुमारी चौधरिले परिचय(पत्र वितरणकार्यको शुभाारम्भ गर्नुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले अपांगता भएका व्यक्तिहरुको पहिचान गरि राज्यद्वारा प्रदान हुने सेवा सुविधा उपलब्ध गराउन परिचय(पत्र वितरण शिविर आयोजना गरिएको बताउनु भएको थियो।

शिविरमा डा।सुमित शर्मा र डा. विमल घिमिरेले ७६ जना अपांगता भएका व्यक्तिहरुको मेडिकल परिक्षण गर्नु भएको थियो । शिविरमा १५ जनालाई पुर्ण अशक्त अपांगता रातो, २७ जनालाई अति अशक्त अपांगता निलो, २२ जनालाई मध्यम अपांगता पहेलो र १२ जनालाई सामान्य अपांगता सेतो परिचय(पत्र वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.