Jilla Ban Notis

अनेरास्ववियू नवलपरासीद्धारा विरोध प्रर्दशन ।

0 41

कृष्ण ढकाल
बर्दघाट,फागुन–१६
नेकपाका अध्यक्ष पुष्प कमल दहाल प्रचन्डले दिएको अभिब्यक्तिको विरुद्धमा अनेरास्ववियू नवलपरासीले आज भुमही चोकमा सांकेतिक विरोघ प्रर्दशन गरेको छ । प्राईम टाईम टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रम मार्फत नेपाली कांन्ग्रेस तथा जसपा मिलेर सरकार निमार्ण गर्दा राम्रो हुने र भारतका लागि समेत सजिलो हुने भन्दै प्रचण्डले दिएको अभिब्यक्ति को विरोधमा उक्त सांकेतिक विरोध प्रर्दशन गरीएको अनेरास्ववियू नवलपरासीका संयोजक रमेश नेपालीले बताएका छन् ।
अध्यक्ष प्रचण्डले दिएको अभि ब्यक्ति प्रति आपत्ति रहेको भन्दै अभिब्यक्ति सच्चाउन आग्रह गर्दै उक्त विरोध प्रर्दशन गरीएको अनेरास्ववियू नवलपरासीले जानएको छ । यसरी दिईने अभिब्त्तिले नेपाली राष्ट्रयताको स्वाधिनता माथि गम्भिर प्रहार भएको अनेरास्ववियू नवलपरासीका जिल्ला सह संयोजक निरज पौडेलले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.