Jilla Ban Notis

अनलाईन कक्षा संचालन गरेवापत शुल्क लिए कावार्हि गर्ने ः अनेरास्ववियू नवलपरासी

0 19

कृष्ण ढकाल

बर्दघाट,असोज–११

अनेरास्ववियू नवलपरासी जिल्ला कमीटिको कार्यालय बैठक आज बर्दघाटमा बसेको थियो । दिउसो करिव ३ बजे तिर बर्दघाटमा बसेको जिल्ला कमीटिको कार्यालय टिमकाे बैठकमा स्थानिय पालिका संयोजक र सह सयाेजकहरुको समेत सहभागिता रहेको जिल्ला संयोजक सुसान्त शर्मा घिमिरेले बताउनु भएकाे छ । उहाका अनुसार अब जिल्लाका निजि तथा संस्थागत विद्यालयहरुले विद्यार्थी भर्ना गरीरहेको र केहि कतै अनलाईन कक्षा संचालन गरेको अवस्थामा सबै विद्यार्थीहरुवाट शिक्षण शुल्क, भर्ना शुल्क र वार्षिक शुल्क संगै विविध शुल्क लिएमा तत्काल कार्वाहि प्रक्रिया अघि बढाउने निर्णय भएको संयोजक  घिमिरेले बताउनु भएकाे छ । कुनै पनि वहानामा शुल्क लिएको पाईएमा कार्वाहि गर्ने आजको बैठकको निर्णय भएकाे बताईएको छ । त्यसैगरी सामुदायिक विद्यालयहरुले पनि कुनै वहानामा सेवा शुल्क लिएको पाईएमा कार्वाहि प्रक्रिया अघि बढाउने निर्णय गरेको सह सयाेजक विशाल गिरिले बताउनु भएकाे छ ।

Leave A Reply

Your email address will not be published.