Jilla Ban Notis

बुटवल नारायणघाट सडक खण्डको सुनवल क्षेत्रमा सडक अबरुद्ध ,कार दुर्घटनामा परी एक जनाको मृत्यु

0 144

कृष्ण ढकाल
बर्दघाट,असार–१६
गएराती परेको अविरल पानीका कारण पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवल १३ बडेरामा रहेको सडक डाईभर्सन भत्किदा यातायात पूर्णरुपमा अबरुद्ध भएको छ ।
अबरुद्ध भएको यातायात संचालनका लागि निर्माणाधिन बुटवल नारायणघाट सडक खण्डको बडेरामा सडक डाईभर्सन निमार्ण गर्ने कार्य शुरु भैरहेको नवलपरासी जिल्ला ट्राफिक कार्यालय भुमहिले जनाएको छ ।
त्यसैगरी सरावल गाउँपालिका वडा नम्वर १ को बासामा समेत निर्माणाधिन सडक डुबानमा परेको नवलपरासी जिल्ला ट्राफिक कार्यालय भुमहिले जनाएको छ ।
यता गयराती नै आएको बाढीले नवलपरासीको बर्दघाट–२ चिसापानीको हाट बजार नजिकको खोलामा आएको बाढीले बा १७ च ३२८३ नंम्वरको कार बगाएर करिव ५ सय मिटर पर सडक किनारामा लगेर अड्किएको कार चालकले बताएका छन् । विहान करिव ४ बजेको समयमा भएको उक्त दुर्घटना कुनै मानविय क्षेती भने नभएको चालकले जनाएका छन् । काठमाण्डौवाट दाङ्गका लागि हिडेको उक्त कारमा ४ जना सवार रहेको र उनीहरुलाई बसमा पठाएको चालकले गाउँले दर्पण अनलाईनलाई बताएका छन् ।
उता
रुपन्देहीको देवदहमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ पूर्व पश्चिम राजमार्ग अन्तरगत देवदह–१० चरङ्गेमा लु १७ च ६०६६ नम्बरको कार कल्भर्डमा खस्दा कार चालक गुल्मीका डा।शंकर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी हृदयरोग तथा मुटु अस्पतालमा लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । कारमा संगै रहेका आफन्त थानेश्वर भण्डारीको अवस्था भने सामान्य रहेको छ । मृतक भण्डारी नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीका कान्छा भाई हुन ।

Leave A Reply

Your email address will not be published.