Jilla Ban Notis

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको जिल्ला सम्मेलन आयोजक कमिटी गठन ।

0 206

कृष्ण ढकाल
बर्दघाट,असार–७
राष्ट्रिय युवा संघ नेपाल नवलपरासी ले २ सय ५१ सदस्य जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ । आज राष्ट्रिय युवासंघ नेपाल नवलपरासीका संयोजक तथा केन्द्रीय सचिवालय सदस्य युवराज डुम्रेको अध्यक्षतामा बसेको बैठकले उक्त कमीटी गठन गरेको जिल्ला संयोजक डुम्रेले जानकारी दिनुभएको छ ।
त्यसैगरी जिल्ला सम्मेलन आयोजक कमिटीमा ५ सदस्य पदाधिकारी र २५ सदस्य जिल्ला कार्यलय सदस्य रहने गरी कमीटी गठन गरीएको संयोजक डुम्रेले बताउनु भयो ।
जिल्ला सम्मेलनलाई सभ्य र भब्यरुपमा सम्पन्न् गर्नका लागि नवलपरसाी जिल्लाका सात वटै पालिकाहरुका नगर संयोजकहरुलाई पनि जिम्मवेवारी प्रदान गरीएको बताईएको छ ।


आज भएको राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको बैठक नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । बैठकमा जिल्ला सचिवालय सदस्य धिरज शर्मा,राष्ट्रिय युवा संघ नेपालका स्थायी कमीटि सदस्य रमेश पौडेल,हरिदेव पाण्डे तथा केन्द्रिय सचिवालय सदस्यहरुको समेत उपस्थिती रहेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.