Jilla Ban Notis

बर्दघाट नगरको पहाडी क्षेत्रका किसानहरुलाई स्प्रेटंकी र जैविक विषादी वितरण

0 41

कृष्ण ढकाल
बर्दघाट,असार–६
बर्दघाट नगरपालिकाले नगरको पहाडी क्षेत्रमा पर्ने १६ गाउाका किसानहरुलाई मकैमा लाग्ने फौजी किराको नियन्त्रणका लागि स्प्रे टंकी र जैविक विषादी वितरण गरेको छ । बर्दघाट नगरपालिकाको कृषी शाखाको वार्षीक कार्यक्रम अनुसार नगरको वडा नम्वर २ को पहाडी क्षेत्रका किसानहरुलाई लक्षीत गरी ४० थान स्प्रे टंकी र २ सय ५० पिस निमजन्य विषादी वितरण गरीएको बर्दघाट नगरपालिकाका कृषि शाखाका जे.टि.ए. खुमकान्त न्यौपानेले जानकारी दिनु भएको छ ।
बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता तथा वडा नम्वर २ का वडाध्यक्ष दया दर्लामी,वडा सदस्य प्रेम सोमय,वडा नम्वर ३ का वडाध्यक्ष रुद्र न्यौपाने ,आम्वासका समास सेबी दलविर सूर्यवंसी लगाएतको उपस्थितीमा वितरण गरीएको उक्त कृषी उपकरण तथा विषदीले वडा नम्वर २ को पहाडी क्षेत्रका १६ गाउँका करिव ४ सय घरधुरीका किसानहरुलाई प्रत्यक्ष लाभ हुने वडा नम्वर २ की वडाध्यक्ष दया दर्लामीले बताउनुभएको छ ।

बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पर्ने वडा नम्वर २ को आम्वासमा भएको स्प्रे टंकी र जैविक विषादी वितरण कार्यक्रममा सुखौरा,आम्वास,बाँखोला,संसारकोट,पोखरीछाप,पोखरी डाँडा,विहारी,चावच्चा,भिठ्ठे दमार,डुम्रे,पटुके,हात्तिदमार,तिलकाना,हुप्सेदमार,भ्याङ्गसी कोहल घण्टाकोहलका किसानहरुको उपस्थिती रहेको बर्दघाट नगरपालिकाका कृषि शाखाका जे.टि.ए. खुमकान्त न्यौपानेले जानकारी दिनु भएको छ ।

बर्दघाट नगरपालिकाले नगरको पहाडी क्षेत्रका किसानहरुको बाली संरक्षणका लागि उक्त स्प्रे टंकी र जैविक विषादी वितरण गरेको हो ।

Leave A Reply

Your email address will not be published.