Jilla Ban Notis

पूर्ण खोप नगरपालिका शुनिश्चित घोषणा कार्यक्रम सम्पन्न् ।

0 26

कृष्ण ढकाल
बर्दघाट,असार–६
बर्दघाट नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गर्नका लागि पूर्ण खोप नगरपालिका शुनिश्चित घोषणा कार्यक्रम सम्पन्न् भएको छ । आज बर्दघाट नगरपालिकाको सभाहलमा सम्पन्न् शुनिश्चित घोषणा कार्यक्रममा बोल्दै नगरपालिकाकी नगर उप–प्रमुख माया देवि पौडेलले बर्दघाट नगरपालिका जिल्लामा नै पहिलो हुनेगरी पूर्ण खोप नगरपालिका घोषणा कार्यक्रमको अन्तीम तयारीमा जुटेको बताउनु भएको थियो ।
बर्दघाट नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गर्ने तयारीका क्रममा नगरपालिकाको स्वास्थ्य शाखासंग सम्वन्धित सबै स्वास्थ्यकर्मीहरुको कार्यगत एकताका कारण कारण जिल्लामा नै पूर्ण खोप नगरपालिका घोषणा गर्नमा पहिलो हुनेगरी कार्य गरीएको उपप्रमुख पौडेलले बताउनु भएको थियो ।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले खोप भनेको तोकिएको वर्ष समुहका बाल बाल बालिकाहरुले निरन्तर लगाई रहनु पर्ने एउटा प्रिक्रिया भएकाले एक पटक गरेरमात्र नहुने भन्दै पूर्ण खोप नगरपालिका कायम राख्न नगरका स्वास्थ्यकर्मीहरुको अहम भूमिका रहने बताउनु भएको थियो ।

गत माघ,फागुन र चैत्र महिनामा गरीएको घरधुरी सर्बेक्षणका क्रममा बर्दघाट नगरपालिकाका १६ वटै वडाका १६ महिना देखि २३ महिना उमेर समुहका सबै बाल–बालिकाहरुले पूर्ण खोप लगाएको बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाको रेकडमा रहेको शाखा प्रमुख माधब ज्ञवालीले बताउनु भएको छ ।
ज्ञवालीका अनुसार अहिले बर्दघाट नगरका सबैवडामा रहेका १६ महिना देखि २३ महिना उमेर समुहका बाल–बालिकाहरुको संख्या ६ सय ५६ रहेको छ । त्यसमा ६ सय ३४ बाल–बालिकाहरुलाई सचेतना पूर्वक पूर्ण खोप लगाईएको पाईएको र वांकी २२ बाल बालिकाहरुलाई स्वास्थ्य कर्मीले खोज र पोख अभियान संचालनगरी सम्पर्कमा ल्याएर सबैलाई पूर्ण खोप लगाएपछि बर्दघाट नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गर्नका लागि पूर्ण खोप नगरपालिका शुनिश्चित घोषणा कार्यक्रम आयोजना गरीएको शाखा प्रमुख ज्ञवालीको भनाई रहेको छ ।

आज भएको पूर्ण खोप नगरपालिका शुनिश्चित घोषणा कार्यक्रममा बर्दघाट नगरपालिकामा रहेका सबै स्वास्थ्यसंग सम्वन्धित ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.