Bardaghat Na pa

सुस्ताबाट हतियार सहित एक जना पक्राउ

109

बर्दघाट,बैशाख–७
नवलपरासीको सुस्ता–५ को नारायणी नदिको ठोक्कर नम्बर ४ नजिकबाट एक जना ब्यीक्तलाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ। सुस्ताको तरेनी बस्ने २२ वर्षिय सुनिल भेडियार पाललाई एक थान पेस्तोल र त्यस्मा लाग्ने गोली सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतबाट युपि ५७ ए जेड ५०१९ नम्बरको मोटरसाईकलमा नेपाल तर्फ आउदै गर्दा प्रहरीले पक्राउ गरेको जनाएको छ । भेडियार पालको साथवाट हतियार र नगद ४ हजार १ सय ५० रुपैयाँ, १ थान मोबाइल सहित पक्राउ गरीएको नवलपरासी जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डि.एस.पि. राजु लामाले जानकारी गराउनु भएको छ।
रामनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लोड भएको पेस्तोल सहित पाललाई नियन्त्रणमा लिईएको र घटनाका विषयमा थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।